११ श्रावण २०८१, शनिबार

Tag: हिरामणी दु:खी

कम्युनिस्टका दुःख” कि सङ्ग्रौलाको झुसिलो डकार ?-हिरामणि दु:खी

कम्युनिस्टका दुःख” कि सङ्ग्रौलाको झुसिलो डकार ?-हिरामणि दु:खी

राजनीति, विचार, शिक्षा
यही मङ्सिर ३० गते शनिबार नयाँपत्रिका दैनिकमा खगेन्द्र सङ्ग्रौलाको एउटा लेख छापियो । लेख नेपालको कम्युनिस्ट आन्दोलन र तत्सम्बन्धी कम्युनिस्ट पार्टीका ‘दुःख’ भनेर ‘नेपाली कम्युनिस्टका नौ दुःख’ शीर्षकमा लेखिएको छ । सो पत्रिकाका साहित्य सम्बन्धी बीट हेर्ने राजु स्याङतानसँगको कुराकानीमा आधारित लेख प्रकाशित भएपछि त्यसले मुलतः क्रान्तिकारी धाराका कम्युनिस्ट वृत्तमा केही चर्चाको विषय बनेको छ । उक्त लेखमा सङ्ग्रौलाले मुलतः सत्ता र संसदवादी कम्युनिस्ट पार्टीको बारेमा बढी शब्द खर्चिएको जस्तो देखिन्छ । लेख पढ्दा संसदवादी पार्टीहरुका कुकृत्य र तिनीहरुले अबलम्बन गरेको बाटोको बारेमा भण्डाफोर गरेको जस्तो पनि देखिन्छ । जसका कारण संसदवादी कम्युनिस्ट पार्टीका ब्यबहारबाट आजित भएका जनता र तत्तत् पार्टीका पनि खानपिनबाट बञ्चित भएका कार्यकर्ताहरुलाई खुच्चिङ् गर्ने वातावरण भने अवस्य निर्माण गरेको छ । विषयलाई द्वन्...