११ श्रावण २०८१, शनिबार

Tag: हाेचाे ब्यक्ति

बिश्वका हाेचाे ब्यक्ति बने:  ईरानका  अफिसन इस्माइल  गदरजादे ।

बिश्वका हाेचाे ब्यक्ति बने: ईरानका अफिसन इस्माइल गदरजादे ।

अन्तर्राष्ट्रिय, मनाेरन्जन, समाचार
२९ मंसिर काठमाडौं ।संसारको सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ। गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन्। अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन्। उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन्। जन्मिदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ। होचो भएकै कारण उनी स्कुल जान सकेनन्। तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन्। जसका कारण उनी निकै खुसी छन्। निरन्तरको उपचार र शारीरिक कमजोरीका कारण उसले पढ्न छाड्यो, नत्र उसलाई मानसिक समस्या छैन,’ उनका बुबा इस्माइल गदरजादे भन्छन्। अफसिन स्मार्टफोन चलाउन सिपालु छन्। तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ। ‘धेरैबेर चलाउनलाई फोन ज्यादा गह्रौँ हुन्छ। तैपनि म चलाउँछु,’ उनी भन्छन्। गाउँ...