११ श्रावण २०८१, शनिबार

Tag: स्वास्थ्य सुधार

माेहन वैद्यकाे स्वास्थ्य मा केही सुधार

माेहन वैद्यकाे स्वास्थ्य मा केही सुधार

Breaking News, समाचार, स्वास्थ
काठमाडौं :क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणकाे स्वास्थ्य केही सुधार भयकाे छ ।  ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि आईतवार  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कार्यालय सदस्य तथा कार्यालय सचिव ईन्द्रमोहन सिग्देलले जानकारी दिए । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि उनले बताए ।कम्युनिस्ट आन्दोलनका धराेहरका रुपमा चिनिने माेहन वैद्य किरण अस्पताल भर्ना भएको जानकारी पाएपछि सामाजिक संजाल मार्फत शुभचिन्तक हरुले स्वास्थ्य लाभको कामना प्रकट गरेका छन् । घरमा समस्या बढेपछि अस्पताल भर्ना गरिएको हाे आज अस्पताल भर्ना गरेको तीन रात भयो । स्वास्थ्यमा सुधार हुँदै गएको सिग्देलले जानकारी दिए। एकरात थप आज राखेर भाेलि डिस्चार्ज गर्ने सिग्देलकाे भनाइ छ...