९ कार्तिक २०८१, शुक्रबार

Tag: ”सृष्टि”

मोहन अधिकारीको निर्देशनमा ”सृष्टि” बोलको गीत सार्वजनिक

मोहन अधिकारीको निर्देशनमा ”सृष्टि” बोलको गीत सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौँ। गायक गोबिन्द ईम्सङ्ग र गायिका टीका पुनको स्वरमा सृष्टि बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। मोहन अधिकारीको निर्देशन रहेको सो नयाँ म्यूजिक भिडियोमा गरिवीका कारण श्रीमान श्रीमतीको सम्बन्ध र बिदेशीनुपर्ने पिडालाई कलात्मक रुपमा र्दसाइएको छ । करिव २० बर्ष मल्टिमिडिया जगतमा राम्रो छबी बनाउदै आएका निर्देशक मोहन अधिकारीले गीतको भाव जस्तै निर्देशन गरेका छन भने रामेश्वर ढकाल र श्रेया दुलालको जोडीलाई जमाउन सफल भएका छन्। भिडियोमा टिकटकका भाइरल एवं कलाकार भोला ढुंगाना , प्रकाश तिमलसिना र राजेश रम्तेललको बेजोड अभिनय रहेको छ । मिस्टर आर.डी भनेर चिनिने कलाकार एवं संचारकर्मी रामेश्वर ढकालले यस अघि कान्तिपुर टेलिभिजन मार्फत प्रसारण भैरहेको चर्चित हास्य टेलिश्रृंखला हर्के हवल्दारमा अभिनय गरेका थिए भने आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा जोडदार अभिनय गरिसकेका छन । मोडल श्रेया द...