१ असार २०८३, सोमबार

Tag: सुकुम्बासी ब्यवस्थापन

सुकुम्बासीको अवस्थासम्बन्धी मानव अधिकार आयाेगले अनुगमन प्रतिवेदन पठाएको छ

सुकुम्बासीको अवस्थासम्बन्धी मानव अधिकार आयाेगले अनुगमन प्रतिवेदन पठाएको छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन सोमबार सरकारलाई पठाएको छ।आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरुमा वर्षौँदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घरटहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन सरकारलाई पठाएको हो। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त क्षेत्रका बासिन्दाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलगायत अन्य मानवअधिकारको उपभोगमा परेको असर तथा निजहरुको मानवअधिकारको अवस्था सम्बन्धमा विभिन्न मितिमा आयोगले गरेको अनुगमन प्रतिवेदन पठाएको जानकारी दिए। प्रतिवेदनमा गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रुपमा उपलब्ध गराउन, लैङ्गिक संवेदनशील विषयहरुलाई सम्बोधन गर्न भनिएको छ।...
सक्कली  सुकुम्बासी काे ब्यवस्थापन र नक्कली बिरुद्ध प्रदर्शन : काठमाडौं थापाथली

सक्कली सुकुम्बासी काे ब्यवस्थापन र नक्कली बिरुद्ध प्रदर्शन : काठमाडौं थापाथली

Breaking News, पुर्वाधार, समाचार
२० मंसिर, काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस’ ध्यानाकर्षण पत्रमा भनिएको छ । समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्कीदिनुले उपत्यकामा त्रास फैलिएको समेत बताएको छ । ...