११ श्रावण २०८१, शनिबार

Tag: सि जिन पिङ

रुस–युक्रेन युद्धपछि सी पहिलोपटक रुस जाने

रुस–युक्रेन युद्धपछि सी पहिलोपटक रुस जाने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो । एक वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेको हो । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् ।मस्कोबाट क्रेमलिन र बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ जारी गरेको विज्ञप्ति जारी गरेका छन् । वार्ताका क्रममा रुस र चीनबीचको वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा...