सांसद डा. चन्द्र भण्डारीकाे आमाकाे निधन : कसरी भयाे घटना
४ फाल्गुन काठमाडौं । काठमाडौं काे बुद्धनगर स्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोटबाट घाईते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो।
सुरुमा सिभिल अस्पताल लगिएकी उनलाई भने चन्द्रभन्दा करिव एक घण्टापछि कीर्तिपुर अस्पताल पुर्याइएको थियो ।
सुरूमा आगलागी र ग्याँस सिलिण्डर विस्फोटका कारण चन्द्र र उनकी आमा हरिकला जलेको प्रहरीले बताएको थियो । तर बिहीबार विहान उनको घरमा पुग्दा ग्याँस सिलिण्डर विस्फोट नभएको पाइएको छ ।
चन्द्र र उनकी आमा हरिकला बुद्धनगरस्थित भाइको घरमा बस्थे । माथिल्लो तलामा भाइ हरिहरको परिवार बस्थ्यो भने तल्लो तलामा चन्द्र र उनकी आमा हरिकला ।
चन्द्र भण्डारी बुधबार राति नेपाली कांग्रेसका नेता सबुज बानियाको छोराको ...