शिक्षक आन्दोलन र शिक्षा :
नेपालमा शिक्षक आन्दोलन कहिलेदेखि सुरु भयो र कहिलेसम्म चलिरहन्छ कुनै अनुमान गर्न सकिँदैन । एउटा कुरा चाहिँ के सत्य हो भने जबसम्म शिक्षकहरुले पेसागत हकहीतका लागि सडकको साहरा लिइरहनुपर्ने हुन्छ तबसम्म शिक्षामा परिवर्तनको अपेक्षा नगर्दा हुन्छ। किनभन्दा पेसागत हकअधिकारको सुनिश्चितता नभएको शिक्षकले पहिलो आफ्नै जागिरको चिन्ता गर्दछ । त्यसपछि मात्र विद्यालय, कक्षाकोठा र विद्यार्थीको भबिष्यकाे चिन्ता गर्नसक्छ । शिक्षकको आँखामा आँसु, मुटुमा पीडा र मस्तिष्कमा तनाब भइरहेसम्म हाम्रो शिक्षा राम्रो हुनसक्ने देखिँदैन ।
१, शिक्षक आन्दोलन किन भइरहन्छ ?
पचासौँ वर्षसम्म उही प्रकृतिको शिक्षक आन्दोलन किन ? शिक्षक आन्दोलनले किन विरासत प्राप्त गर्न सकेन ? पेसागत अधिकारका लागि एउटा शिक्षकले जीवनभर लडिरहनु पर्ने किन ? नमागेसम्म नपाइने, पेसागत अधिकारको लडाइमा सडकमा सुतिरहनु पर्ने सूत्रले शिक्षा राम्रो हुने कल्पन...