११ श्रावण २०८१, शनिबार

Tag: शशांक काईराला

कांग्रेस नेता कोइराला अस्वस्थ भएपछि अस्पताल भर्ना

कांग्रेस नेता कोइराला अस्वस्थ भएपछि अस्पताल भर्ना

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
१३ कार्तिक ,  पूर्वी नवलपरासी — पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शशांक कोइराला अस्वस्थ भएका छन् । चुनाव प्रचारका क्रममा एक्कासी बेहोस भएपछि आइतबार उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको हो । उनको अवस्था सुधारोन्मुख रहेको चिकित्सकलाई उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । आइतबार गैंडाकोटको अमरापुरीमा आयोजित चुनावीसभामा बोल्दै गर्दा एक्कासी चक्कर लागेर बेहोस भएका थिए । 'अवस्था सामान्य भैसकेको छ । भेटघाट पनि सुरु भएको छ । भोलि बिहान डिस्चार्ज हुन्छ,' तिवारीले भने । चिकित्सकले कम्तीमा १२ घण्टा निगरानीमा बस्न पर्ने बताएका छन् । कोइराला चौथो पटकका लागि पूर्वी नवलपरासी क्षेत्र नम्बर १ वाट उम्मेदवार छन् । उनले यसअघि यहीबाट लगातार तीन पटक निर्वाचन जितेका हुन् ।...