११ श्रावण २०८१, शनिबार

Tag: रुसि सेनामा

रुसि सेनामा कार्यरत जाजरकोटका नवीन लगायत ७ जनाकाे निधन

रुसि सेनामा कार्यरत जाजरकोटका नवीन लगायत ७ जनाकाे निधन

Breaking News, अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : रुसी सेनामा कार्यरत जाजरकोटका नविन शाही सहित ७ जना नेपालीको निधन भएको छ । जाजरकोटको शिवालय गाउँपालिकाका शाही सहित रूसी सेनामा भर्ती भएका ७ जना नेपालीहरुको मृत्यु भएको बिहिवार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ । मन्त्रालयका अनुसार मृत्युहुनेमा जाजरकोटका नविन शाही, बाँकेका संजय केसी, बाग्लुङका जित बहादुर बिक, धादिङ्का पूर्ण बहादुर गुरुङ, रसुवाका सुन्दर मोक्तान,उदयपुरका पदम बहादुर घिमिरे र झापाका गंगाराम अधिकारी रहेका छन । मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य देशको सेनामा नेपाली नागरिक भर्ती हुन नपाइने प्रावधान रहेकोले स्वदेश फर्काउन कूटनीतिक प्रयास भइरहेका बेला रुसमा थप नेपाली नागरिकको निधन भएको प्रति सरकारले दुख व्यक्त गरेको छ । सरकारले ज्यान गुमाएका नेपाली नागरिकहरुका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका साथै त्यहाँ कार्यरत नेपाली...