११ श्रावण २०८१, शनिबार

Tag: मुल्य

नेपाल आयल निगमले घटायाे  ईन्धनकाे  मूल्य ।

नेपाल आयल निगमले घटायाे ईन्धनकाे मूल्य ।

अर्थवाणिज्य, राष्ट्रिय, समाचार
२५ पुस काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू गर्ने  गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । नेपाल आयल निगम द्वारा जारी विज्ञप्ति : ...
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

अर्थवाणिज्य, राष्ट्रिय, समाचार
१३ कात्तिक, काठमाडौं । आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ । तिहार अघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ थियो । ...