११ श्रावण २०८१, शनिबार

Tag: बिद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, राष्ट्रिय, समाचार
२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् । सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानगरिएको थियो ।...
राष्टपति भण्डारीले  : मुष्ताङ मुक्तिनाथमा बिशेष पुजा गरिन।

राष्टपति भण्डारीले : मुष्ताङ मुक्तिनाथमा बिशेष पुजा गरिन।

Breaking News, पर्यटन, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छन्। उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आएकी हुन्। केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए। राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ।...