११ श्रावण २०८१, शनिबार

Tag: बालकृष्ण ढुङ्गेल

पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महान् जनयुद्धका एक क्रान्तिकारी बौद्धिक माओवादी नेता, पूर्वसंविधानसभा सदस्य कमरेड बालकृष्ण ढुङ्गेलको असामयिक निधनले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नाउँको दलाल संसदीय व्यवस्था र सरकारले जनयुद्धकालीन झूट्टा मुद्दा लगाएर लामो समयसम्म अन्यायपूर्वक जेलमा राखेका कमरेड ढुङ्गेलको असामयिक निधनबाट राजनीतिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड बालकृष्ण ढुङ्गेलप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र शोकसन्तप्त परिवारजन...