९ कार्तिक २०८१, शुक्रबार

Tag: बाके

बन्धक राखिएको बच्चा उद्धार गर्न गयका डिएसपी माथि छुरा प्रहार

बन्धक राखिएको बच्चा उद्धार गर्न गयका डिएसपी माथि छुरा प्रहार

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
नेपालगन्ज ।बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका -२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए । खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए । उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले मध्यराति १२ बजे नजिकै रहेको प्रहरी बिट कौशिलानगरमा खबर गर्‍यो । बिटका टोलीले थप मद्दत चाहिने भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरमा खबर गर्‍यो । त्यसपछि कोहलपुरका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोली घटनास्थलमा पुग्यो । तिवारीका अनुसार, टोलीले त्यहाँ पुगेर पटकपटक संवाद गर्न खोज्दा उनले मानेनन् । ‘परिवारका सदस्यले बरु गोली हानेर भए पनि नियन्त्रणमा लिनुपर्ने बताउन थाले, तर हामीले त्यस्तो गर्न मिल्थेन’, तिवारीले सुनाए, ‘नजिक जाने वित्तिकै बच्चा जोखिममा पर्ने स्थिति थियो, अश्रुग्याँस वा अरु कुनै विधिले पनि काम गरिरहेको थिएन ।’ प्रहरीको कमाण...