११ श्रावण २०८१, शनिबार

Tag: बन्दुक धारि

अमेरिकामा एक बन्दुक धारिले गाेलि चलाउदा १६ जनाकाे मृत्यु ५० जना घाइते

अमेरिकामा एक बन्दुक धारिले गाेलि चलाउदा १६ जनाकाे मृत्यु ५० जना घाइते

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले  गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सो घटनामा परी अन्य ५० जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ । यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन । प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत आग्रह गरेको छ। उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको बताएको छ । सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको बीबीसीले बताएको छ ।...