११ श्रावण २०८१, शनिबार

Tag: प्रेस सेन्टर

सरकार गठनको बेला भयकाे  सहमति प्रति माओवादी केन्द्र ईमानदार बन्नुपर्छ : याेगेश भट्टराई

सरकार गठनको बेला भयकाे सहमति प्रति माओवादी केन्द्र ईमानदार बन्नुपर्छ : याेगेश भट्टराई

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट । नेकपा एमाले पार्टीले संचालन गरेको दुई महिने ‘मिसन ग्रास रुट’ अभियानको उद्घाटन गर्न जाजरकोट पुगेका नेकपा एमालेका  सचिव याेगेश भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा सरकार गठनको बेलामा गरिएका सहमतिहरु कार्यान्वयन गर्न नेकपा (माओवादी केन्द्र) ईमान्दार हुनुपर्ने बतायका हुन । गत पुस १० गते सरकार गठन गर्ने वेलामा नेकपा एमाले, (माओवादी केन्द्र) लगाएतका सात राजनीतिक पार्टी बीच उच्च स्तरीय लिखत सहमति भएको बताउदै पूर्वमन्त्री भट्टराईले सत्ता गठबन्धन दल भित्रका पार्टीलाई उच्च स्तरीय लिखत सहमति भन्दा बाहिर पठाउन विदेशी चलखेल भईरहेको आरोप लगाए । नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल उम्मेदवार  बनेमा नेकपा एमाले पार्टीलाई स्वीकार्य हुने पार्टी सचिव योगेश भट्टराईले बताएका छन् । प्रेस चौतारी नेपाल, जाजरकोटले बुधबार आयोजना गरेको पत्रकार भेटघाट...