११ श्रावण २०८१, शनिबार

Tag: नेपाली बिषय

शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । बिहिवार खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले पहिलो चरणमा कोशी, मधेस र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ । गत वैशाख ९ र भदौ ९ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको नतिजा अनुसार कोशी प्रदेशमा खुला र आरक्षण गरेर २३ जनाको लागि विज्ञापन गरिएको थियो । जसमा ३५ जना पास भएका छन् । त्यस्तै मधेस प्रदेशमा १५ सिटका लागि विज्ञापन आह्वान गरिएको थियो । जसमा २६ जनाको नाम निकालिएको छ । बागमती प्रदेशमा २५ सिटका लागि विज्ञापन गरिएकोमा २१ जनाको नाम सार्वजनिक गरिएको छ ।अन्तर्वार्ताको लागि छनौटमा परेकाहरूको परीक्षा पुस २२ गतेका लागि तोकिएको छ ।...