११ श्रावण २०८१, शनिबार

Tag: नाटाे

नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
बसेल्स/किभ — उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजबुत गराउने घोषणा गरेको छ । त्यसका लागि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्यान्ड्सले आधुनिक क्षेप्यास्त्र र राडारहरूसहितका हतियार दिने बताएका हुन् ।   जर्मनीले यसअघि नै युक्रेनलाई एउटा उच्च प्रविधिको प्रतिरक्षा प्रणाली सहयोग गरेको थियो भने अमेरिकाले पनि केहि दिनअघि नै त्यस्तो वाचा गरेको थियो । युक्रेनमा पछिल्लो समय रुसले भीषण क्षेप्यास्त्र प्रहार गरेपछि पश्चिमा सैन्य गठबन्धन नाटोको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा भेला भएका ५० देशका नेताहरूले सहयोगको घोषणा गरेका हुन् । उक्त सम्मेलन अभूतपूर्व भएको युक्रेनी अधिकारीको भनाइ छ । रुसी फौजले गत सोमबार र मंगलबार युक्रेनका प्रमुख सहरहरूमा गरेको क्षेप्यास्त्र आक्रमणमा २० जनाको मृत्यु भएको थियो । युक्रेनी अधिकारीका अनुसार रुसले ऊर्जा पू...