११ श्रावण २०८१, शनिबार

Tag: नाईजेरिया

नाइजेरियामा गाेठालाहरुकाे आक्रमणमा परि ५०को मृत्यु

नाइजेरियामा गाेठालाहरुकाे आक्रमणमा परि ५०को मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, समाचार
कानो,नाइजेरिया । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौं व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । आक्रमण गर्ने गोठालाहरू रहेको त्यहाँका अधिकारीहरूको दाबी छ । उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् । घटनाबारे पुष्टि गर्दै बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले भने, ‘घटनामा ४६ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको सङ्ख्या अझै बढी हुन सक्छ ।’ उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको बताए । उनले भने, ‘त्यस क्षेत्रमा सैनिक पठाइएको छ, त्यसैले अहिले स्थिति केही शान्त छ ।’ आक्रमणको ...