२३ भाद्र २०८१, आईतवार

Tag: दक्षिण एसियाली यथलेट्सिक महासंघ

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा जाजरकोटका :राजिव बिक्रम शाह

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा जाजरकोटका :राजिव बिक्रम शाह

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
 जाजरकोट ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाल एथलेटिक्स संघका अध्यक्ष एवं कर्णाली प्रदेश सभा सदस्य राजिब बिक्रम शाह  दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा चयन भएका छन ।माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले शाहलाई उपाध्यक्षमा चयन गरेको हो । साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण एसियाका अन्य प्रतिनिधिलाई महासंघको विभिन्न जिम्मेवारी दिएको शाहले शाहले बताए । शाहले आफूलाई प्राप्त जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा श्रीलंकाका फर्नान्डो पलिथा उपाध्यक्षमा शाहसहित माल्दिभ्सका थोलाल र भुटानका छेवाङ रिन्जिङ रहेका छन् । त्यस्तै पाकिस्तानका जाफर महासचिव, भारतका रविन्दर चौधरी वरिष्ठ संयुक्त सचिव, माल्दिभ्सका मुनिथ्थे संयुक्त सचिव र बंगलादेशका अब्दुल रोव...