११ कार्तिक २०८१, आईतवार

Tag: डाक्टर स्मृति शाक्य

डाक्टर स्मृति शाक्यको मायाबी गीत विश्वव्यापी सार्वजनिक

मनाेरन्जन, संस्कृति
काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेका मैले माया लाएको धोका दिन होइन बोलको नयाँ गीत सार्वजनिक भएको हो । बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद समेत रहेका बौद्धिक राजनीतिज्ञ डाक्टर अजयक्रान्ति शाक्यको शव्द रचना तथा संगीत रहेको उक्त गीतको भिडियोमा युवा पुस्ताका ढुकढुकी नै बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बुलन्द अभिनय रहेको छ। साथमा गायिका डाक्टर शाक्यको समेत मनछुने गायनको साथमा अभिनय छ । निर्देशन नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देवकुमार श्रेष्ठले गरेका हुन् । डाक्टर शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्यन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर...