११ श्रावण २०८१, शनिबार

Tag: जहाज

जहाज उड्ने बेला  मा चरा ठाेकियकाे अनुमान

जहाज उड्ने बेला मा चरा ठाेकियकाे अनुमान

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । फ्लाइ दुबईले आफ्नो बोइङ जहाजमा चरा ठोक्किएको जनाएको छ । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति एक ट्वीट गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने क्रममा चरा ठोक्किएको बताएका हुन् । काठमाडौँ विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको जहाजमा चरा ठोक्किन पुगेको छ’, फ्लाई दुबईले ट्वीटरमा भनेको छ, ‘मानक प्रक्रियापछि उडान दुबईको लागि सामान्य रूपमा जारी रहेको छ ।  स्थानीय समयअनुसार ००ः१४ मा जहाज अवतरण गर्ने तालिका छ।’ सोमबार राति काठमाडौँ विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा एकाएक आगलागी भएको थियो । जहाजमा असामान्य आवाज समेत आएको थियो । जहाजलाई सुरुमा काठमाडौँ विमानस्थलमै अवतरण गराउने भनिएपनि पाइलटले अवस्था समान्य रहेको बताएपछि दुबईतिरै गएको थियो । जहाजमा चरा ठोक्किएको बारे नेपाली अधिकारीले भने केही बताएका छैनन् ।...