११ श्रावण २०८१, शनिबार

Tag: चैतमा

२०८० सालकाे एसइई परिक्षा चैत पहिलाे सातामा हुने

२०८० सालकाे एसइई परिक्षा चैत पहिलाे सातामा हुने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौ : २०८० सालकाे (एसईई)काे परिक्षा चैत पहिलो सातामा सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बुधबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, उनले भने । संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै शर्माले अन्योलमा नपर्न आग्रह गरे । शिक्षा विधेयकमा १० कक्षाको परीक्षा उल्लेख नभएकाले धेरै कुरा आएको छ, एसईई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसईई हुन्छ’, उनले भने । अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले  एसईई प्रभावित नहुने उनले बताए । जाजरकोट र रुकुम पश्...