११ श्रावण २०८१, शनिबार

Tag: गाडिमा आगजनी

ललितपुरमा मन्त्री प्रकाश ज्वालाकाे गाडिमा आगजनी

ललितपुरमा मन्त्री प्रकाश ज्वालाकाे गाडिमा आगजनी

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
ललितपुर :रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा विरोध गरिरहेकाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमाथि आगजनी गरेका छन् ।बा २ झ ५८६१ नम्बरको गाडीमा रहेका मन्त्री ज्वाला र व्यक्तिगत सुरक्षा अधिकारीलाई बाहिर निकालेर गाडीमा आगो लगाइएको र आगलागीबाट गाडी पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिकाको दमकलले आगो निभाए पनि दमकल पुग्न ढिलो हुँदा गाडी जलेर ध्वस्त भएको हो । आगजनी पछि बालकुमारी क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । आन्दोलनकारीले ढुङ्गा प्रहार गरिरहेका छन् । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण (सिप बिल्डिङ)मा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकी विरोधमा उत्रिएका हुन् । पानीजहाज निर्माणमा परीक्षा दिएकाहरूले कोरिय...