१२ कार्तिक २०८२, बुधबार

Tag: कृष्ण महरा

पुर्व सभामुख महराकाे आज थुनछेक बहस हुने

पुर्व सभामुख महराकाे आज थुनछेक बहस हुने

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौं जिल्ला अदालतमा आज पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि थुनछेक बहस हुँदैछ। थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामै राख्ने भन्ने आदेश सुनाउनेछ।सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पक्राउ गरेको थियो। त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनलाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो। ८ करोडभन्दा बढीको बिगो र तीन वर्षभन्दा बढी कैद मागदाबी महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी दर्ता गरिएको छ। उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नं. FZ 0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले...
पुर्व सभामुख महरालाई बलत्कार आराेपमा जेल पुर्‍याउने,राेषनी शाही मृत मेटिएकि छिन

पुर्व सभामुख महरालाई बलत्कार आराेपमा जेल पुर्‍याउने,राेषनी शाही मृत मेटिएकि छिन

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौ :तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्याैपानेले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ । तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। २०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो ।  घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लग...
माओवादी केन्द्र ले कृष्ण महराकाे नाम समानुपातिक बाट हटायाे।

माओवादी केन्द्र ले कृष्ण महराकाे नाम समानुपातिक बाट हटायाे।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सुचिवाट हटायकाे छ ।आज निर्वाचन आयाेगकाे कार्यलयमा समानुपातिककाे नाम पेस गर्दा महराकाे नाम हटाईयकाे एक नेताले बताय ।