११ श्रावण २०८१, शनिबार

Tag: काजल जाेशी

चर्चित लाेक दाेहाेरी गायक छत्र शाही र काजल जाेशी बिवाह बन्दनमा बाधिय

चर्चित लाेक दाेहाेरी गायक छत्र शाही र काजल जाेशी बिवाह बन्दनमा बाधिय

मनाेरन्जन, संस्कृति, समाचार
चर्चित लोक तथा दोहोरी गायक छत्र बहादुर शाही र काजल जोशी विवाह बन्धनमा बाँधिएका छन् । शाही र जोशीको आज धार्मिक विधिविधान अनुरुप राजधानीको गुर्हेश्वरी मन्दिरमा विवाह भएको हो । यी दुई कलाकारको सामाजिक विवाह २०७८ सालको दशैमा शाहीको गृहजिल्ला जुम्लामा भएको भएपनि विभिन्न कारणले रोकिएको सिन्दुर हाल्ने काम भने आज भएको हो । आफ्नो घरको आफन्त नै इन्द्रेणी र इन्द्रेणीको परिवारबताउने शाहीको विवाहमा इन्द्रेणीकी प्रमुख व्यवस्थापक प्रतिमा कंडेलसहितको टोली सहभागी भएको हो । नर्व जोडिलाई शुभकामना तथा आर्शिवाद दिनको लागि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता भएको हो । गायिका काजलको माइती कैलाली हो । शाही र काजलबीच दुई वर्ष पहिला इन्द्रेणी कार्यक्रममै सेवा, सन्देश र मनोरञ्जनकै दैरानमा भेट भएपछि विवाह गर्ने सहमति भएको थियो । जोशी नयां प्रतिभावान लोक दोहोरीको क्षेत्रमा उदाउँदो कलाकार हुन भने छ...