११ श्रावण २०८१, शनिबार

Tag: कसरी

माओवादी घटकहरू बीचको एकता तर कसरी.. ?

माओवादी घटकहरू बीचको एकता तर कसरी.. ?

राजनीति, विचार, शिक्षा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलाबखत आफूलाई संकटको महशुस हुनासाथ माओवादी घटकहरु बीचको कुरा उठाउने गर्नुभएको छ । तर सबैलाई थाहा छ उहाँले उक्त एकताका लागि ०६३ पछि हालसम्म कुनै पनि प्रयास गर्नुभएको छैनभने सो कार्य अब प्राय: असंभव बन्दै पनि गएको छ । मुख्यत क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले भोली माघ १६ गतेबाट आगामी चैत २४ गतेसम्म जनसंघर्षका बिभिन्न कार्यक्रम सार्बजनिक गरेपछि दाहालले पूर्ब माओवादीका घटकहरु जतिबेला पनि एक हुनसक्छौं भन्ने अभिब्यक्ति दिएर राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरुलाई प्रभावितगर्न खोजेको देखिएको छ । माओवादी केन्द्रको मुख्यालय कोटेश्वरमा गत १३ गते शनिबार शहीद प्रतिष्ठान नेपालको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधनगर्दै दाहालले मुख्यत दुईवटा कुराहरु एकसाथ अगाडि सार्नुभएको थियो । पहिलो पूर्ब माओवादीका सबै घटक एक हुन सक्छन् भन्ने होभने दोश्रो नेतृत्वमा...