११ श्रावण २०८१, शनिबार

Tag: एसईइ नतिजा सुधार

एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

एसईइ नतिजामा काठमाडौंका सामुदायिक बिद्यालयमा नतिजा सुधार

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५  जना गयल भए भने यस वर्ष ५० जना मात्र गयल देखिए । 'यो तथ्याङ्कबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको देखिन्छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ' महानगरले भनेको छ । गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको सङ्ख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेक...