समावसेवी थापा र पत्रकार दाहाल सम्मानित
नेपालगन्ज , बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयले समाजसेवी लिल बहादुर थापालाई सम्मान गरेको छ । डि गाउँ निवासी थापा १७ वर्षयता अमेरिका बस्दै आएपनि नेपालमा रहेका दिन दुःखी, असाहय तथा पढ्न बाट बन्चीत बालबालिकाको पढाईका लागि अतुलनिय सहयोग गर्दै आउँनुभएको भन्दै विद्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
समाजसेवी थापा उक्त विद्यालयको पुर्व विद्यार्थि पनि हुन । लिल बहादुर थापाका बुवा स्व. गजबहादुर सिंजालीले स्थापना गरेको उक्त विद्यालयमा थापाले कक्षा ५ सम्म अध्ययन पुरा गरेका थिए । पुर्व विद्यार्थि समेत रहेका समाजसेवी थापाले घर आगन छेउमै रहेको विद्यालयलाई आफु अमेरिका रहेपनि सकेको सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाए ।
समाजसेवी थापा सगैं समाज र मानव सेवा तर्फ कलमका साथै उद्धार कार्यमा खटिने पत्रकार खगेन्द्र दाहाललाई विद्यालयले सोहि अवसरम...









