५ बैशाख २०८३, शनिबार

निर्वाचन

उम्मेदवारहरुलाई ठोस प्रतिवद्धताका लागि नागरिकका सवालहरु

उम्मेदवारहरुलाई ठोस प्रतिवद्धताका लागि नागरिकका सवालहरु

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा
आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र कर्णाली प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा जाजरकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंवर १ तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई खुला पत्र मार्फत ठोस प्रतिवद्धताका लागि नागरिकका सवालहरु, अपेक्षाहरु, अनुभूतिहरु र आग्रहहरु : लेखक १.सीमित मानिसहरु धनी वन्ने, सुरक्षित रहने, श्रोतमा नियन्त्रण गर्ने र वहुसंख्यक नागरिक विपन्नतामा वांच्ने, असुरक्षित रहने र श्रोत, सुविधा र अवसरवाट वन्चित रहने परिपाटी वदल्ने योजना । २.नागरिकको मौलिक मानव अधिकार शिक्षा र स्वास्थ््य सर्वसुलभ, गुणस्तरीय र नियमितताको योजना । ३. राजनीतिक दलहरु जनता, न्याय र सुशासनका पक्षमा काम गर्दैनन् भन्ने आम महसूसिकरण र अविश्वासलाई अव विश्वासमा वदल्ने योजना । ४. कर्मचारीहरु वास्तविक राष्ट्रसेवक वन्न सकेका छैनन् भन्ने आम महसूसिकरण र अविश्वासलाई अव विश्वासमा वदल...
काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहमा जनप्रतिनिधि आफ्नो ठाउँ तथा नगर र पालिका प्रति इमान्दार र बफादार बन्नुपर्ने बताएका छन् । जुनसुकै कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालन सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर साहले इमान्दारीताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । मेयर साहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई कम हुने बताए । समाजमा जघन्य अपराधका घटना बढेको भन्दै उनले स्थानीय स्तरबाटै जघन्य घटनाका मुद्दाको मेलमिलाप गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले भने, 'जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन हुँदैन । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पु...
अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा

अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने घोषणा गरेको छ प्रतिनिधिसभा तथा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा एमालेले लामो समयदेखि अलपत्र परेको नेपालको अर्बिटल स्लटलाई नेपालकै स्वामित्वमा आफ्नै नेतृत्वको सरकारले ल्याएको बताएको छ । उक्त अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गरिने एमालेले बताएको छ । ‘ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम बाहिरिनबाट रोकिने छ’ एमालले भनेको छ । यसअघि फ्रान्सको कम्पनी थेल्ससँग एमाले नेतृत्वको सरकारले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको थियो । तर, यति आर्थिक चलखेल गर्ने गरी स्याटेलाइट र सुरक्षण मुद्रण केन्द्र राख्न दुई फ्रान्सेली कम्पनी भित्र्याउन खोजेको खुलेपछि सरकार पछि हटेको थियो । सुरक्षण मुद्रणका लागि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त...
काठमाडौं ८बाट : चार महिला उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं ८बाट : चार महिला उम्मेदवार प्रतिस्पर्धामा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
      काठमाडौँ, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । आसन्न निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा एक सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दुई महिलाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट एक र स्वतन्त्रबाट एक महिलाको उम्मेदवारी रहेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले बताए । उनका अनुसार सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (क)मा दुई महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । नेमकिपाबाट एक र जनता समाजवादी पार्टी नेपालका तर्फबाट एक महिलाको उम्मेदवारी परेको छ । उक्त निर्वाचन क्षेत्रमा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र गरी ४० जनाको उम्मेदवारी परेक...
७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं , निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ । डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ । हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सामाग्री ढुवानी गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब सात जिल्लाको मतपत्र छपाइ बाँकी आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर ७...
कहिले सत्रुता कहिले मित्रता जाजरकोटमा : शक्ति ,निरज र नर…??

कहिले सत्रुता कहिले मित्रता जाजरकोटमा : शक्ति ,निरज र नर…??

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहयोगी बनेका जाजरकोटका नेताहरू आसन्न निर्वाचनमा आमनेसामने भएका छन् । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले टिकट पाएका थिए । अहिले पनि गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उनी नै उम्मेदवार छन् । तर उनलाई २०७४ को निर्वाचनमा सघाएका एमालेका निरज आचार्य र बस्नेतका प्रशिक्षक स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की अहिले उनीसँगै भिडिरहेका छन् । आचार्यले गत निर्वाचनमा बस्नेतलाई टिकट छोडेका थिए । कार्की पनि एक समय माओवादी निकट मानिन्थे । एमालेका आचार्य र स्वतन्त्र उम्मेदवार कार्की दुवै जनाले गत निर्वाचनमा कांग्रेसका राजीवविक्रम शाहविरुद्ध बस्नेतलाई विजय गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन वाम गठबन्धन भएपछि कार्की विप्लव नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार भएका हुन् । ...
अर्थमन्त्री जनार्दन शर्मा चाैथाे  जितको खोजीमा…?

अर्थमन्त्री जनार्दन शर्मा चाैथाे जितको खोजीमा…?

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
             १५ कार्तिक काठमाडौं । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा चौथोपटक चुनावी दौडमा छन् । ०६४, ०७० र ०७४ को निर्वाचनमा रुकुम पश्चिम (तत्कालीन रुकुम)बाट विजयी भएका उनी चौथो जित निकाल्ने योजनासहित प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । शर्मालाई कांग्रेस र एकीकृत समाजवादीको पनि साथ छ । तर, कांग्रेस केन्द्रको निर्णयविपरीत तारक केसी बागी उम्मेदवार बनेका छन् । केसी बागी हुँदा गठबन्धनको मत काटिने र त्यसको फाइदा एमाले उम्मेदवार नन्दराम देवकोटाले उठाउन सक्ने आकलन पनि गरिएको छ । कांग्रेसका केही नेता खुलेरै बागीको पक्षमा लागेका छन् । कांग्रेसले भने केसीलाई कारबाही गरिसकेको छ । कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीका अनुसार केसीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र कांग्रेस केन्द्रीय कार्यालयबाट २५ असोजमा प्राप्त भइसहकेको छ । माओवादी जिल्ला अ...
ने क पा  एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै:

ने क पा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै:

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार त्यहीँ लाइभ डिबेटको कार्यक्रम पनि हुनेछ । नेकपा एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।   ...
माओवादी केन्द्र काे  घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

माओवादी केन्द्र काे घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो। आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान गरिएको माओवादी केन्द्रले राष्ट्रको नेतृत्व, निकास र विकासका लागि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । नेताहरुको अभिव्यक्ति र चुनावी गीत मार्फत् पनि माओवादी केन्द्रले आगामी सरकारको दावी गर्दै आएको थियो । सोमबार मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा पुगेर प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका थिए । घोषणा पत्रमा भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने कारण र त्यसबाट मुलुकले पाउने लाभबार...
चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ  : प्रकाशमान सिंह

चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रकाशमान सिंह

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंसिर ४ को चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन्। राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरूसँगको  भेटघाटमा नेता सिंहले आम युवा विद्यार्थीले चाहेजस्तो शिक्षा र रोजगारी सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सबै नेपालीले चाहेअनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने दाबी उनले गरे। । नागरिकले चाहेजस्तो राजनीतिक परिवर्तन भए पनि आम नेपालीको जीवनस्तर बदलिन नसकेको नेता सिंहले बताए।आसन्न निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न मतदातालाई उनले आग्रह गरेका छन्। ‘अवसर पाउँदा कसले के गरिरहेकोछ, कुन राजनीतिकले दल के गरिरहेको छ, कुन नेता के गर्दै छन्’, उनले भने, ‘यी सबको लेखाजोखा गर्नुहोला र विवकेपूर्ण निर्णय लिनुहोला...