ललितपुरको एमएसआर सहकारी लथालिंग, १० करोड निक्षेप डुब्ने खतरा
नन्दलाल खरेल
काठमाण्डौ । ललितपुरको ढोलाहिटीमा केन्द्रिय कार्यालय राखी जिल्लाका विभिन्न स्थानहरुमा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम संचालन गर्दै आएको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले विगत २ बर्षदेखि निक्षेप फिर्ता गर्न सकेको छैन ।
सहकारीमा संकट गहिरिँदै जाँदा सबै सञ्चालकहरुले पनि अध्यक्ष समक्ष राजिनामा बुझाएको सम्बद्ध स्रोतले बतायो । उनीहरुको राजिनामा नोटिस बोडर्मा टाँसिएको छ । त्यसैगरी संस्थाका सिइओ तथा अन्य कर्मचारीहरु पनि कार्यालय आउन छाडेका छन् ।
स्रोतका अनुसार संस्थाका अध्यक्ष स्वयम्भुराम जोशीको निरन्तरको मनोमानीले संस्था डुबेको हो । हाल संस्थासँग अलिकति पनि तरलता नभएको र बचतकर्ताहरुको बचत फिर्तागर्नुपर्ने रकम करिव १० करोड हाराहारी रहेको स्रोतले बतायो । सो रकम संस्थाको चलअचल सम्पत्ति विक्रि नगरी तिर्नै सक्ने अवस्था पनि रहेको छैन ।
ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लु...









