२०८३ श्रावण १८, सोमवार

Author: तुफान न्यूज

रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

समाचार
पक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुधबार नख्खु कारागार जाने भएका छन्। उनी बुधबार साँझ ६ बजे नख्खु कारागार जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार नख्खु ल्याइएका हुन्।...
सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य राख्न बिभागकाे निर्देशन

सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य राख्न बिभागकाे निर्देशन

Breaking News
काठमाडौं :यातायात व्यवस्था विभागले सम्पूर्ण सवारीधनीलाई अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न निर्देशन दिएको छ। विभागले सूचना जारी गर्दै असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण प्रक्रियामा इम्बोस्ड नम्बरप्लेट अनिवार्य हुने जनाएको छ। सूचनामा भनिएको छ: “सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकाले सबै सवारीधनीले यथाशीघ्र सम्बन्धित कार्यालयमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन जानकारी गराइन्छ।” गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समिति बैठकले पनि असोज १ गतेदेखि इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो।...
काठमाडौंका सार्वजनिक स्थलमा धुम्रपान गर्नेबाट तत्काल लिन थालियो ५ सय रूपैयाँ जरिवाना

काठमाडौंका सार्वजनिक स्थलमा धुम्रपान गर्नेबाट तत्काल लिन थालियो ५ सय रूपैयाँ जरिवाना

समाचार
काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरिएको छ। अहिलेसम्म १७ जना कारबाहीमा परेका छन्। सार्वजनिक स्थानमा  धुम्रपान गरेबापत् १७ जनाले ५ सय रूपैयाँका दरले जरिवाना बुझाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार आइतबारदेखि कारबाही गर्न सुरू गरिएको हो।   'सार्वजनिक स्थानमा  धुम्रपान नगर्न साउन मसान्तसम्म हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका थियौं। तर हिजोदेखि जरिवाना तिराउन सुरू गरेका छौं,' उनले भने। सार्वजनिक स्थानमा  धुम्रपान गर्नेहरूबाट आइतबार ८ हजार ५०० रूपैयाँ जरिवाना उठेको उनले बताए। कोही व्यक्तिले सार्वजनिक स्थानमा  धुम्रपान गरेको भेटिँदा सो व्यक्तिलाई ठाउँको ठाउँ जरिवाना तिराउने गरिएको उनले बताए। 'नगर प्रहरीसँग महानगरमा जरिवाना तिर्ने खाताको क्युआर स्क्यान हुन्छ,' उनले भने, 'जो व्यक्ति जरिवा...

भदौ ५ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको समितिबाट पारित हुने

समाचार
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले आउँदो भदौ ५ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। समितिले विधेयक पारित गर्नकै लागि भदौ ५ गतेका लागि बैठक डाकेको हो। समिति सभापति अम्मरबहादुर थापाका अनुसार भदौ ६ गतेको प्रतिनिधि सभाको बैठकमा समितिका तर्फबाट विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने तयारी छ। सभामुख देवराज घिमिरेले पनि छिटो विधेयक पारित गर्न सभापति थापालाई आग्रह गरेका थिए। घिमिरेले त्यसपछि प्रतिनिधि सभाको बैठक एक साताभन्दा लामो समयसम्म नबस्ने उल्लेख गर्दै पारित गर्न आग्रह गरेका हुन्।   समितिले विधेयक पास गर्ने तयारी गरे पनि एउटा विषयमा भने सहमति जुट्न सकेको छैन। निजी विद्यालयले विद्यार्थीलाई प्रदान गर्नेल पूर्ण छात्रवृतिमा आवास सुविधा भएका विद्यालयहरूले कति विद्यार्थीलाई आवासीय सुविधा प्रदान गर्नुपर्ने भन्ने सवालमा सहमति जुट्न ...
मेडिकल ब्यावसायी दुर्गा प्रसाईले राजनीतिक दल खाेल्ने भयकाछन्

मेडिकल ब्यावसायी दुर्गा प्रसाईले राजनीतिक दल खाेल्ने भयकाछन्

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार उनले पत्रकार सम्मेलनमार्फत आफूले दल खोल्न लागेको बताएका हुन्। राजनीतिक दलको नाम घोषणा गर्नुअघि उनले आफूलाई राजनीतिमा जबर्जस्ती ल्याइएको दाबी गरे। उनले आफू राजनीति गर्ने मान्छे नभएपनि परिस्थितीले गर्नुपर्ने बाध्यता भएको जिकीर गरेका छन्। ‘यो राजनीतिमा मलाई जबर्जस्ती ल्याइएको हो। म राजनीति गर्ने मान्छे होइन’ उनले भने, ‘हामीले दल खोलेर केही समयभित्र दल घोषणा गर्छौं, दलको नाम घोषणा गर्छौं।’ उनले विचलित भएका र कहाँ जाने? के गर्ने? भन्नेहरूका लागि आफूले विकल्प दिन खोजेको दाबी पनि गरेका छन्।...
शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले शैक्षिक माफिया संग मिलि शैक्षिक व्यापार गरेको भन्दै सामाजिक बहिष्कार गरेको छ । आज उक्त संगठनले “देश लुट्ने लुटेरा निजिहरुलाई पोस्ने ! जनताहरुको सरकारिलाई माँस्ने !! खाने जनताहरुको कर ! लाज सरम छैन् केहीको डर !!” भन्दै “तसर्थ जनताहरुको कर खाएर जनताहरु माथि नै शोषण गर्न शैक्षिक माफियाको मतियार बनेकोले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरका सदस्य सचिव महेश भट्टराईलाई सामाजिक बहिष्कार गरौं !” भन्ने डिजिटल ब्यानरमा लेखी सामाजिक बहिष्कार कार्यक्रम गरेको जनाएको छ । उक्त संगठनले मिति २०८२ साउन ३० गते चेतावनी पत्र समेत सार्वजनिक गरेकाे थियाे । १) २०८२ साउन ३१ गते सरकारका प्रधानमन्त्रीलाई शिक्षा मन्त्री, सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष र सदस्य सचिव म...
बिएमजे रिलोडेड समर लिग फुटसल प्रतियोगिता २०८२ सम्पन्न

बिएमजे रिलोडेड समर लिग फुटसल प्रतियोगिता २०८२ सम्पन्न

खेल
काठमाडौं । बिएमजे रिलोडेडद्वारा सञ्चालन गरिएको समर लिग फुटसल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । शनिबार सम्पन्न लिगको अन्तिम खेलमा टीम क्याप्टेन विदुर रायमाझीको दुई गोल सहितको म्यान अफ दि म्याच पर्फमेन्समा टीम भद्रकालीले टीम मनकामनालाई ३—२ गोल अन्तरले पराजित गरि ५६ अङ्क सहित प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । खेल पश्चात शनिबारनै आयोजित औपचारिक कार्यक्रममा क्लबका अध्यक्ष पवन खत्रिको अध्यक्षतामा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता तथा बुढानिलकण्ठ नगरपालिकाका खेलकुद संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङको बिशेष आतिथ्यतामा क्लबका कोषाध्यक्ष आलोक शाह सहितले विजयी टिमलाई मेडल तथा रनिङशिल्ड प्रदान गरेका छन् । ३० खेल खेलाइएको समर लिग प्रतियोगितामा सन्तोष श्रेष्ठ सर्वाधिक गोलकर्ता भए भने करण मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी...
शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ;समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षामन्त्री रघुजी पन्तलाई चेतावनी पत्र पठाएको छ । संगठनले चिकित्सा शिक्षा आयोगको २२औँ बैठकलाई ‘मेडिकल माफियासँग मिलेर रातारात बसेको गोप्य बैठक’ को विशेषण दिँदै त्यसप्रति आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) का अनुसार बैठकले नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षालाई प्रोत्साहन गर्न सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको अधिकार खोस्दै निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय गरेको आरोप लगाएको छ । चेतावनी पत्रमा संगठनले लेखेको छ, ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपा...
ईशान बाल तथा महिला अस्पतालको ३०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

ईशान बाल तथा महिला अस्पतालको ३०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

स्वास्थ
 काठमाडौं / राजन थापा ईशान बाल तथा महिला अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। तीन दशक लामो सेवायात्राको स्मरणमा आयोजित कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, समुदायका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा संस्थापक सदस्यहरूले अस्पताल स्थापना गर्दा भोगिएका चुनौती र कठिनाइहरूबारे अनुभव साझा गर्दै अस्पतालले बालबालिका र महिलाको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गरे। समारोहको मुख्य आकर्षण दीर्घकालीन रूपमा सेवा दिएका चिकित्सक र स्वास्थ्यकर्मीप्रति गरिएको सम्मान थियो। अस्पताल प्रशासनले ३० वर्षदेखि निरन्तर खटिएका कर्मचारीलाई दोसल्ला, सम्मानपत्र र स्मृति चिन्ह प्रदान गर्दै कृतज्ञता प्रकट गर्‍यो। सम्मान ग्रहण गर्ने क्रममा चिकित्सकहरूले आफ्नो जीवनलाई मातृ–शिशु स्वास्थ्य सुरक्षामा समर्...
द च्याम्पियन्स तेक्वान्दो डोजाङको ग्रेडिङ्ग कार्यक्रम २०८२ सम्पन्न

द च्याम्पियन्स तेक्वान्दो डोजाङको ग्रेडिङ्ग कार्यक्रम २०८२ सम्पन्न

खेल, समाचार
काठमाडौँ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मान्यतालाई आत्मसात् गर्दै बि.सं.२०३८ सालदेखि आधिकारिक रूपमा नेपालमा भित्रिएको तेक्वान्दो खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै खेलाडीहरू उत्पादन गरिसकेको छ । यस्तै आत्मरक्षा र भविष्यको लागि खेल अत्यावश्यक छ भनेर काठमाडौँ महानगरपालिका वडा नं. १६ मा सुरु गरिएको ‘द च्याम्पियन्स तेक्वान्दो डोजाङ्ग’को ग्रेडिङ्ग कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न भएको छ । रानीवनस्थित आफ्नै हलमा सम्पन्न भएको यस कार्यक्रम द च्याम्पियन्स तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक प्रदिप आले मगरको सभापतित्व तथा का.म.पा. १६ का सहायक सचिव टेक बहादुर के.सी. को प्रमुख आतिथ्यतामा डोजाङका सचिव सुमन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ‘स्मार्ट किड्स किन्डरगार्डेन’ खरिबोटकी प्रिन्सिपल सविता घिमिरे, नेपाल पुलिस क्लबका प्रशिक्षक अनोज पुजा...