चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक ( भिडियो सहित)
काठमाडौंं । चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक भएको छ। गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो ।
सुष्मा महराको मौलिक शब्दहरू समेटिएको ‘रोमान्टिक’ शैली गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज रहेको छ । ‘डान्सिङ सङ’को रुपमा बजारमा आएको उक्त गीतको भिडिओसमेत आकर्षक देखिएको छ ।
भिडिओमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडिओको निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । भिडिओमा चक्रबहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ ।
भिडिओको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको भिडिओ म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गीतकार मह...









