ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसहित तीन जनामाथिको अनुसन्धान पुग्यो अन्तिम चरण
काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसहित तीन जनामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार अन्तिम पटक म्याद थपका लागि तीनै जनालाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको छ। सिआइबीले ज्योतिबहादुर र उनका दुई सहयोगी धादिङका सुवास खत्री र बर्दियाका सुरेश अधिकारीमाथि अनुसन्धान गरेको ५५ दिन पुगेको छ।
अबको पाँच दिनभित्र अदालतमा मुद्दा दायर गर्ने तयारी छ। सहकारीका १४४ जना पीडितहरू प्रहरीको सम्पर्कमा छन्।
उनीहरूमाथि प्रहरीले पाँच वटा कसुर आकर्षित गरी मुद्दा दायर गर्न लागेको छ।
सहकारी ठगी, किर्ते, हुण्डी, अभौतिक मुद्राको कारोबार गर्न नहुने र संगठित अपराध कसुरमा आकर्षित भएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
'अनुसन्धान अन्तिम चरणमा पुगेको छ। स...








