राजदूत फिर्ता नबोलाउने सर्वोच्चको आदेशपछि मलेसियाका चार संस्थाको बिदाइ कार्यक्रम स्थगित
क्वालालम्पुर – बिभिन्न मुलुकबाट नेपाली राजदुतहरु फिर्ता बोलाउने वर्तमान सरकारको निर्णय कार्यान्वयन नगर्न / नगराउन भन्दै आदेश आए पछि फेरी एकपटक रानैतिकवृतमा नयाँ तरंग पैदा भएको छ ।
मलेसियास्थित नेपाली राजदूत डा.नेत्र प्रसाद तिमल्सिना लाई भव्यताका साथ बिदाई गर्ने कार्यक्रम समेत यसैकारणले स्थगित भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, गैरआवासीय नेपाली संघ मलेसिया, नेपाल व्यवसायी समाज मलेसिया र प्रवासी नेपाल मञ्च मलेसिया — यी चार संस्थाले राजदूतलाई सम्मानपूर्वक बिदाइ गर्ने तयारी गरिसकेका थिए।
हिजो मात्र सर्वोच्च अदालतले “राजदूत फिर्ता नबोलाउने” आदेश दिएपछि, कार्यक्रम एकछिनमै बिदाइ होइन, स्वागततिर मोडिनुपर्ने अवस्था आयो। सस्थाका एक पदाधिकारीले हाँस्यपूर्ण शैलीमा भने,
“हामीले बिदाइ माला तयार पार्यौं, अब त्यसलाई स्वागत माला बनाउने तयारीमा छौं। सरकार बदलिनासाथ निर्णय पनि बदलिन्छ भन्न...









