नेप्सेसँगै घट्यो कारोबार रकम
काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा बन्द भएको छ।यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।
मंगलबार १० अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ कमी आएको हो।आज ३०७ वटा धितोपत्रको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।
यसदिन बुटवल पावर, पियोर इनर्जी र श्री सिनर्जी पावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७६२ रूपैयाँ १० पैसा र ७४९ रूपैयाँ ८० पैसा र ४२८ रूपैयाँ ६० पैसा पुगेको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाध...









