१६ कार्तिक २०८२, आईतवार

नर्सलाई तोकेको पारिश्रमिक कार्यान्वयनमा ग्राण्डी अस्पताल सकारात्मक

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नर्सलाई तोकेको पारिश्रमिक कार्यान्वयनमा सकारात्मक देखिएको छ ।

काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अस्पतालले एक विज्ञप्ती जारी गरी अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीका लागि सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्न अस्पताल प्रशासन सकारात्मक देखिएको हो ।

गत कात्तिक २ गते नर्स तथा स्वास्थ्यकर्मीहरुको संयुक्त संघर्ष समितिले अस्पतालमा पारिश्रमिक वृद्धिलाई लिएर बुझाएको ज्ञापनपत्रप्रति अस्पताल प्रशासनले सञ्चालक समितिलाई उक्त माग राख्ने प्रतिवद्धता जनाएको थियो ।

अस्पतालका अध्यक्ष र नर्स तथा स्वास्थ्यकर्मीको संयुक्त संघर्ष समितिबीच कात्तिक ९ गते आइतबार बसेको बैठकमा सात दिनभित्र सञ्चालक समितिको बैठक बसेर माग सम्बोधन गर्नेबारे छलफल भएको थियो ।

अस्पताल प्रशासन नर्स तथा स्वास्थ्यकर्मीले राखेको मागप्रति सकारात्मक रहेको जनाउँदै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा विरामीको जीवनरक्षालाई प्राथमिकता राख्न अस्पतालले अनुरोध समेत गरेको छ । यस्तै, आन्दोलनको कार्यक्रम अगाडि नबढाउन समेत अस्पतालले सबैलाई अनुरोध गरेको छ ।