९ बैशाख २०८२, मंगलवार

Author: तुफान न्यूज

पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि पठाइयो काठमाडौं

पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि पठाइयो काठमाडौं

समाचार
पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय भएको थियो। त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकास्मात बेलुन पड्किएको थियो।   हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको थियो। उद्घाटनका क्रममा भएको उक्त दुर्घटनामा परी मन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए।   बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो। गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो। घटनाबारे अ...
बजेट अभाव हुदा स्वास्थ सेवा कार्यलय जाजरकोटका १३ जना कर्मचारी हटाईयाे

बजेट अभाव हुदा स्वास्थ सेवा कार्यलय जाजरकोटका १३ जना कर्मचारी हटाईयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट : स्वास्थ्य सेवा कार्यालय जाजरकोटले बजेट अभावकाे कारण १३ जना कर्मचारीको हटायकाे छ ।कार्यलयले शुक्रबार एक सुचना जारी गर्दै करारमा रहेका ६ जना स्वास्थ्यकर्मी र ७ जना कार्यालय सहयोगीको म्याद थप नगर्ने निर्णय गरेको हो । कार्यालयमा कार्यरत हेल्थ अस्सिटेन्ट राजेन्द्र जंग शाह, सुरज सोनाम, ल्याव टेक्निसियन हरिकला सिंह, अ.हे.व. विमला वि.सी.,अ.न.मी. सीता वली, रेडियोग्राफर राम बहादुर केसीको म्याद थप नहुने सूचनामा जनाएको छ ।यस्तै कार्लयमा कार्यरत कार्यलय सहयाेगी विष्णु रावत, धना शाही, राम कुमारी नेपाली, विमला राना वली, लक्ष्मी स्वर्णकार,शर्मलाल खत्री र सुरज शाहीकाे पनि म्याद थप नहुने जनाईएको छ । अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंह ठकुरीले प्रदेश सरकार बाट प्रर्याप्त बजेट नआएका कारण कर्मचारी हटाउनुपर्ने बाध्यता आएको बताउछन। उनले भने, ‘बजेट नभएपछि कर्मचारी कसरी राख्ने, प्रदेश सकार...
शैक्षिक अधिकारका निम्ति अखिल क्रान्तिकारीले गर्‍याे आन्दोलनको घाेषणा

शैक्षिक अधिकारका निम्ति अखिल क्रान्तिकारीले गर्‍याे आन्दोलनको घाेषणा

राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ; समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी केन्द्रीय समितिले शैक्षिक एवम् मौलिक अधिकारका पक्षमा आन्दोलनमा उत्रने भएको छ । वर्तमान अवस्थामा शैक्षिक एवं मौलिक हकहरु कमजोर हुंदै गएकाले आफ्ना अधिकारहरु सुनिश्चित गर्न दृढतापूर्वक संघर्षमा लाग्न संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले एक विज्ञप्ती जारी गर्दै युवा विद्यार्थीलाई आह्वान गरेका छन् । विज्ञप्तिकाे पुर्ण पाठ उस्तो छ - गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) अविचलित रूपमा हरेक न्याय प्राप्तिका लागि सङ्घर्षरत रहेको सर्वविदितै छ । नवऔपवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्थाले राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि कहालीलाग्दा घटनाहरू थोपरिरहेको छ । आम नागरिकहरूका मौलिक हकहरूलाई निमोठ्दै आज हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, लुट...
नेपाल कम्युनिष्ट पार्टी(विद्रोही)ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी(विद्रोही)ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजनीति, विगन्यूज, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(विद्रोही)ले बिभिन्न २५ बुँदे माग राख्दै प्रधानमन्त्री के.पि.शर्मा ओली लाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको सर्वोच्च कमाण्डर शुदण्डको नामबाट हस्ताक्षर गरिएको ज्ञापनपत्रमा पार्टीले उठाएका मागहरुलाई वेवास्ता गरि कार्यन्वयन नगर्ने मनासाय देखिएमा पार्टी कडा संघर्षको कार्यक्रम बनाएर अगाडी बढ्न बाध्य हुने बताईएको छ । यो पार्टीले आवश्यक परे शसश्त्र जनयुद्ध समेत गर्न सकिने अभिव्यक्ति बेला बेलामा दिदै आएको छ । पार्टीले बुझाएको ज्ञापनपत्र यस्तो छ । प्रिय कमरेड, उपरोक्त सम्वन्धमा हामि नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) तपाईं सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली, मार्फत नेपाल सरकार सामु निम्र मागहरु प्रस्तुत गर्दछौ । १) नेपालमा जनवादी व्यवस्था अर्थात कम्युनिष्ट शासन सुरु भई नयाँ नेपालको आधिकारिक नाम जनगणतन्त्र नेपाल बनाएको घोषणा गरियोस् । २) जनगणतन्ल, जनवादी व...
समाजवादी कम्युनिस्ट पार्टीले ३०औँ जनयुद्ध दिवस र सन्देश प्रवाह कार्यक्रम सम्पन्न गरेकाे छ

समाजवादी कम्युनिस्ट पार्टीले ३०औँ जनयुद्ध दिवस र सन्देश प्रवाह कार्यक्रम सम्पन्न गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपालले ३०औँ जनयुद्ध दिवस तथा सन्देश प्रवाह कार्यक्रम सम्पन्न गरेकाे छ । काठमाडौंको बालाजु स्थित औद्योगिक क्षेत्रमा पार्टी महासचिव पूर्णबहादुर सिंह समरजङ्ग को प्रमुख आतिथ्यमा "जनयुद्ध दिवस तथा सन्देश प्रवाह कार्यक्रम" सम्पन्न गरेकाे हाे। पार्टीका स्थायी कमिटी सदस्य अवशेषले संचालन गरेकाे उक्त कार्यक्रममा अर्का स्थायी कमिटी सदस्य विनयराजले स्वागत मन्तब्य राखेका थिए। उक्त कार्यक्रमा विभिन्न पार्टी परित्याग गरेर समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेस गर्नेलाई स्वागत तथा अभिनन्दन गरियकाे थियाे भने जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न सङ्घर्ष/विद्रोहमा बलिदान गर्ने सहिद परिवारका सदस्यलाई सम्मान तथा अभिनन्दन गरियकाे थियाे । पार्टीले आगामी फाल्गुन १४ देखि २१ सम्म सहिद सप्ताहका अवसरमा देशैभर जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न सङ्घर्ष/विद्रोहमा बलिदान गर्...
समाजवादी कम्युनिस्ट पार्टीद्वारा जनयुद्ध दिवसकाे शुभकामना

समाजवादी कम्युनिस्ट पार्टीद्वारा जनयुद्ध दिवसकाे शुभकामना

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :समाजवादी कम्युनिष्ट पार्टी नेपालले ३० औँ जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिएको छ । आज फाल्गुन १ गते जनयुद्ध सुरु भयकाे दिनलाई स्मरण गर्दै  विज्ञप्ति मार्फत सो पार्टीका महासचिव समरजंगले जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिएका हुन् । सो पार्टीले जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिमा अमूल्य जीवन बलिदान गर्ने हजारौँ सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै जनयुद्ध दिवस भव्यताका साथ मनाउन सबैलाई  आग्रह समेत गरेको छ । गत माघ १६ देखि १९ गते सम्म लुम्बिनी प्रदेशको रुपन्देहीको देवदहमा पार्टीको बिशेष राष्ट्रिय सम्मेलनले श्रमिक कम्युनिस्ट पार्टी नेपाल नाम परिवर्तन गरि समाजवादी कम्युनिस्ट पार्टी नेपाल राखेकाे थियाे । पार्टीले राष्ट्रिय सम्मेलनमा गरेका सन्देश प्रवाह समेत गर्ने बतायकाे छ ।...
बुढानिलकण्ठमा नगरमा लाग्ने चाैथाे “राेजगार तथा वृत्ति मेला”काे सम्पुर्ण तयारी पूरा

बुढानिलकण्ठमा नगरमा लाग्ने चाैथाे “राेजगार तथा वृत्ति मेला”काे सम्पुर्ण तयारी पूरा

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : बुढानिलकण्ठ नगरपालिका काठमाडौले आगामी "चाैथाे राेजगार तथा वृत्ति मेला -२०८१" संचालनका लागि सम्पुर्ण काम पूरा भयकाे जानकारी दियकाे छ।२०७८ साल देखि शृङ्खला बद्ध रुपमा संचालन हुँदै आयकाे उक्त वृत्ति मेला यहि फाल्गुन २ र ३ गते संचालन हुने नगरपालिकाले जानकारी दियकाे हाे । "शिक्षा सीप र उद्यमशिलता ! राेजगारी हाम्रो प्राथमिकता !!" भन्ने मुल नारा सहित चाैथाे राेजगारी तथा वृत्ति मेला आयाेजना गरियकाे नगर प्रमुख मिठाराम अधिकारीले बताउनु भयाे ।´मेलामा युवा राेजगारीलाई प्राथमिकतामा राखिएको छ।` मेलालाई ब्यवस्थित रुपमा संचालन गर्न नगर प्रमुख मिठाराम अधिकारी संयाेजक र उप प्रमुख अनिता लामा सह-संयाेजक रहने गरि मुल आयाेजक समिति गठन गरियकाे छ। मेलाको सम्पुर्ण काम पूरा भयकाे जानकारीका लागि आज बृहत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरियकाे थियाे । मेलामा ४१ वटा स्टल रहने छन जसमा २० वटा राेजगारदा...
क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत

क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत

समाचार
काठमाडौं। बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ ।   विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो ।   भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले क्षतिग्रस्त १४ स्थानमा मर्मत थालिएको जानकारी दिँदै भने, ‘हाल हामीले बिपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ, यो मार्गमा यातायात अवरुद्ध हुन नदिने लक्ष्य छ । आवश्यक परे राति पनि काम गर्छौ ।’   गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता...
सुनको मूल्य तोलामा एकैदिन घट्यो २७ सय

सुनको मूल्य तोलामा एकैदिन घट्यो २७ सय

समाचार
काठमाडौं ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।   मंगलबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० रुपैयाँ निर्धारण गरिएको छ । ...
खसी भनेर बाख्राको मासु बेच्ने पुरूष पक्राउ

खसी भनेर बाख्राको मासु बेच्ने पुरूष पक्राउ

समाचार
काठमाडौं । पर्सामा खसीको भनेर बाख्राको मासु बेच्ने पुरूष पक्राउ परेका छन्।   वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।   पक्राउ पर्नेमा वीरगञ्ज-१३ बस्ने ४१ वर्षीय हारून मियाँ अन्सारी छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।   उनले खसीको भनेर बाख्राको मासु बेचिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको प्रहरीको टोली उनको पसलमा पुगेको थियो।   ...