२३ भाद्र २०८१, आईतवार

रकम दियर पन्छाउने हाेईन , उत्पादनशील क्षेत्रमा जोडिदेऊ : बहिर्गमित जनमुक्ति सेना

काठमाडौं ।बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ । सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बहिर्गमित जनमुक्ति सेना नेपालले भने उत्पादनशील क्षेत्रमा जोडिदिन आग्रह गरेको हो ।

‘सरकारलाई हामीले सुरू देखि नै ‘पूर्व बाल सेना’ को दीर्घकालीन रूपमा नै समस्या सम्बोधन गर्न तथा जीविकोपार्जनका लागि उत्पादनशील क्षेत्रमा सहभागिता गराउन भन्दै आएको छौँ,’ संयोजक लेनिन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः हामीलाई रकम मात्रै दिएर पन्छाउने होइन, उत्पादनशील क्षेत्रमा जोडिदिन अनुरोध गर्दछौँ ।

शनिबार संयोजक लेनिन बिष्ट ,सहसंयाेजक प्रमेश्वर खड्का ,र महासचिव किरण दंगालद्वारा  जारी विज्ञप्ति अनुसार बर्हिगमित सेनालाई जम्मा बाटो खर्च स्वरूप १० हजार तथा एउटा झोला मात्रै दिएर क्यान्टोन्मेन्टवाट बाहिर पठाइएको थियो । सो रकम बाहेक अहिलेसम्म कुनै रकम नपाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‍सोही जनयुद्धमा सहभागी भएका मध्य ४ हजार ८ जनालाई VMLR( Verified Miner Late Required ) भन्दै क्यान्टोनमेन्टबाट बाहिर पठाइयो । जसमध्ये २,९७३ जना उमेर नपुगेका Verified Miner र १०३५ जना शान्ति सम्झौता पछि भर्ना भएको Late Required भन्दै क्यान्टोन्मेन्टबाट बाहिर राखिएको पुनः स्मरण गराउन चाहन्छौ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई क्यान्टोनमेन्टबाट बाहिर पठाउँदा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी, नेपाल सरकार र संयुक्त राष्ट्र संघीय मिशन इन नेपाल (UN-UNMIN) बिच त्रिपक्षीय सहमति अनुसार बहिर्गमन गराइएको थियो । यसरी बहिर्गमन खर्च स्वरूप १० हजार रुपैयाँ र एउटा झोला मात्रै दिइएको थियो ।

२०६९ साल देखी नै बाल सेनालाई रकम दिने भनेर निर्णय पटक पटक भए पनि अझैसम्म नपाएको उनीहरूको गुनासो छ ।

बिज्ञप्ति :