काठमाडौं । विश्व वातावरण दिवस ०५ जुन २०२५ को अवसरमा हिमालयन वातावरण संरक्षण प्रा.लि.को आयोजना तथा उज्वल भविश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह आयोजनामा “ फोहरमैला व्यवस्थापन र प्लाष्टिक निर्मुल, एक चुनौती र हाम्रो जिम्मेवारी ” बिषयक वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
टोखा नगरपालिका प्रमुख (मेयर) प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम हिमालयन वातावरण संरक्षण प्रा.लि.का अध्यक्ष भुपाल आचार्यको सभापतित्वमा भएको थियो भने हिमालयन वातावरण संरक्षण प्रा.लि.का संचालक गणेश दाहालले सन्चालन गर्नु भएको थियो ।
टोखा नगरपालिका भित्र रहेका संस्थागत र समुदायीक गरेर १४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शान्ता खनाल र वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले अतिथिको रुपमा आफ्नो मनतव्य राख्नु भएको थियो ।
फोहरमैला व्यवस्थापन गर्ने व्यवसायीक कम्पनीको सामाजिक उत्तरदायीत्व अन्तगरगत गरिएको यस कार्यक्रममा सहभागी विद्यार्थीहरुले “ फोहरमैला व्यवस्थापन र प्लाष्टिक निर्मुल, एक चुनौती र हाम्रो जिम्मेवारी ” बिषयमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।
सामाजिक रुपान्तरणको अभियानमा यस्ता कार्यक्रमहरु निकै महत्वपुर्ण हुने भन्दै प्रमुख अतिथि मेयर अधिकारीले फोहर व्यवस्थापन कम्पनिहरुको सहकार्यमा टोखा नगरपालिका बिस्तारै फोहरमुक्त बन्दै गएको बताउनु भयो ।
विद्यार्थीहरु मार्फत आम नागरिकहरुलाई सचेत गराउन सजिलो हुने भन्दै प्रमुख अधिकारीले आयोजक पक्षलाई धन्यवाद समेत दिनु भयो ।
कार्यक्रममा सहभागी मध्य प्रथम हुनेलाई १० हजार नगद सहित सम्मान पत्र,दोश्रो हुनेलाई ७ हजार नगद सहित सम्मान पत्र र तेश्रो हुनेलाई ५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो भने सान्त्वनालाई ३ हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल त्रियोग मा.वि.की सम्पदा सुबेदी,दोश्रो बिएन एकेडेमीका छोडेन शेर्पा,पुथ्वी स्कुलकी आरोही प्याकुरेल र सान्त्वना मा माउन्ट ग्लोरी स्कुलकी निकिता मगर लाई प्रमुख अतिथिबाट पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो ।