२४ जेष्ठ २०८२, शनिबार

नेपालगन्जको सिटीप्यालेस होटलका सन्चालक लोकेन्द्र अर्याल पक्राउ

नेपालगन्ज । आफुलाई युवा पर्यटन व्यवसायी तथा समाजसेवीको रुपमा परिचय दिदै आएका नेपालगन्जको सिटी प्यालेस होटलका सन्चालक लोकेन्द्र अर्याललाई रुपन्देही प्रहरीले ठगी मुद्धामा पक्राउ गरि अनुसन्धान अगाडी बढाएपछि उनका धन्दाहरुको पर्दाफास भएको हो ।
होटलका सन्चालक लोकेन्द्र अर्याललाई सहिना मियाको जाहेरीले रुपन्देही जिल्ला अदालत मार्फत ठगी मुद्धा दर्ता भई पक्राउ पुर्जी जारिभएपछि सामाजिक संजालमै पक्राउ पुर्जी सार्वजानिक गर्दै जिवन पाण्डे नामको आईडि बाट “ अब,नेपालगन्जको होटल सिटी प्यालेसका मालिकलाई प्रहरीले पक्राउ गर्ला त ? ” भनेर प्रहरी माथि समेत शंका गरिएपछि यो बिषय चर्चामा आएको हो ।
नेपालको पश्चिम क्षेत्रको चर्चित ठुलो होटलको रुपमा स्थापना भएको सिटीप्यालेसका सन्चालक लोकेन्द्र अर्यालको अन्य कारोबारको समेत पर्दाफास भएको हो ।
केहिबर्ष अगाडी सम्म सामान्य होटल व्यवसायीको रुपमा चिनिएका अर्याल छोटो समयमा कसरी चारतारे होटलको (मालिक) संचालक बन्न पुगे भन्ने बिषयमा समेत यतिबेला चर्चा हुन थालेको छ ।
अर्यालले देशका राजनैतिक तथा प्रशासनिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुलाई आफ्नो होटलको सेवा सुबिधा दिएर नजिक बनाउने र आफ्नो सपोर्टरको रुपमा प्रयोग गरि अनुचित लाभ समेत लिनेगरको एक श्रोतले दाबि गरेको छ ।
२०७८ साल अषाढ ८ गते साबिक रुपन्देही जिल्ला मक्रहर गा.बि.स. वडा नं. १ (ग) को कित्ता नं १०९ र ११० को जग्गाको कामगर्ने बिषयमा भएको लगानी तथा कारोबारको कुरालाई लिएर बाँके प्रहरी मार्फत सम्झौतामा प्रथमपक्ष मानिएका फकरुदिन मियालाई ठगी मुद्धा लगाएर पक्राउ गरि मुद्धा अगाडी बढाए संगै अर्यालले आफ्नो राजनैतिक तथा प्रशासनिक पावरको दुरुपयोग गरेको बारेमा चर्चा चलेको हो ।
हाल तिलोत्तमा नगरपालिका वडा नं.१३ बबेरामा पर्ने ओमनारायण थारुको नाममा दर्ता रहेको सो जग्गाको मुद्धा सर्वोच्व अदालतमा बिचाराधिन अवस्थामा रहेकै बेला सम्झौता गरि कामगर्ने भनेर अगाडी बढाईएकोमा कारोबारलाई अर्यालले पहुँच र पावरको भरमा ठगी मुद्धाको रुपमा दर्ता गराई दुख दिने नियत राखेको अर्को पक्ष फकरुदिन मियाको दावी छ ।
सम्झौता बमोजिम कार्य हुन नसक्ने अवस्था आएपछि लोकेन्द्र अर्यालबाट लिएको सम्पुर्ण रकम मात्र नभई थप रकम समेत दिएको दावी गर्दै अर्को पक्ष फकरुदिन मियाले अर्यालले आफुहरुलाई ब्ल्याकमेल गरि दुख दिने नियत राखेको बताउँछन् ।
उता लोकेन्द्र अर्याल भने आफुले दिएको केही पैसा मात्रै फिर्ता पाएको र हिसाब गरौं भन्दा सम्पर्कमानै नआएपछि ठगी मुद्धा दर्ता गर्न बाध्य भएको बताउँछन् । उनका अनुसार बाँकेमा चलिरहेको मुद्धालाई प्रभाव पार्न आफु बिरुद्ध रुपन्देहीमा मुद्धा दर्ता गराएको आरोप छ ।
आफुलाई समाजसेवी वा युवा पर्यटन व्यवसायीको रुपमा परिचित गराउँदै आएका लोकेन्द्र अर्याल केही बर्ष अगाडी सम्म माओवादी भए पनि हाल उनि नेपाली काँग्रेसको नजिक भएका छन् ।
राजनैतिक क्षेत्रका नेता देखि प्रहरी का उच्च पदस्थ अधिकारी तथा उच्च स्तरका कर्मचारी संग समेत निकै हिमचिम रहेका अर्यालले छोटो समयमा १ अरब भन्दा माथिको सम्पति जोड्न सफलहुनुले उनले के के काम गर्छन् र राज्यलाई कसरी कर तिरिरहेका छन् भन्ने समेत अनुसन्धान हुनुपर्नेमा समेत जोड दिइएको छ ।