२३ जेष्ठ २०८२, शुक्रबार

काभ्रेको बेथाञ्चोक गाउँपालिकामा बस दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथाञ्चोक गाउँपालिका वडा नम्बर ६ मा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

 

पनौतीबाट भुग्देउ जाँदै गरेको बा.३ ख४४३५ नम्बरको बस बेथानचोक गाउँपालिका–६ च्यानडाँडामा दुर्घटना हुँदा बनेपा नयाँबस्ती निवासी ६० वर्षीया कृष्ण कुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

दुर्घटनामा तीनजना घाइते भएका छन् । घाईते हुनेमा बसका चालक साथै कृष्ण कुमारीकी बुहारी संगिता आचार्य तिमल्सिना र नातिनी १ वर्षीया संगम रहेका छन् ।

उनीहरूको सामान्य अवस्थामा उपचार भइरहेको बताइएको छ ।