२ कार्तिक २०८१, शुक्रबार

जाजरकोटमा आर्साे नेपाल संस्थाद्वारा भुकम्प प्रतिरोधात्मक घर हस्तान्तरण

जाजरकोट :भूकम्प पुनर्निर्माण तथा पुनर्लाभ परियोजना अन्तर्गत जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ३ र ४ मा स्थायी नीजि आवास बलियो सुरक्षित घर प्रवलिकरण (Retrofitting) प्रविधि अनुसार निर्माण भएको सुरक्षित घर हस्तान्तरण तथाअभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ।जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारी को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विकास साझेदारहरु, सामाजिक संघ संस्था र नागरिक समाजका अगुवाहरुको उपस्थितिमा थियाे। प्रवलिकरण कार्यक्रम “Fondation De France(FDF)/TGH” को आर्थिक सहयोग र “Build Change” को प्राविधिक सहयोगमा आर्सो नेपाल (ARSOW Nepal) द्वारा जाजरकोट जिल्लाको भेरी नगरपालिकामा संचालन भईरहेको छ।