२ कार्तिक २०८१, शुक्रबार

कालिका मानवज्ञान मा.वि. बुटवलमा विद्यार्थीद्वारा विभिन्न माग सहित ज्ञापनपत्र पेस

बुटवल :श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले बुटवल उपमहानगरपालिका स्थित देशै कै नमुना मानिएको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला संगठन समितिकाे टाेलि पुगि प्राचार्य दिनेश थापालाई १८ बुँदे माग बुझाएको हाे । उक्त संगठनले “हामीलाई राज्यले सिपमुलक, आयमुलक, प्राविधिक र वैज्ञानिक हाम्रै देश बनाउने, हाम्रो राष्ट्रिय गौरवपूर्ण नेपाली इंतिहासको जगको संरक्षण गर्दै राष्ट्रिय भावनाले ओतपोत हरेक क्षेत्रमा अब्बल हुने, प्रतिरक्षात्मक र मनोवैज्ञानिक क्षमताको शिक्षा निशुल्क रुपमा विश्वविद्यालय सम्म दिईनु पर्छ ।, राज्यले निजीकरण र सामुदायिक नाममा गरिएको शैक्षिक व्यापार तुरुन्तै बन्द गर्नुपर्छ ।,सामुदायिक कलेजमा नाममा गरिने भ्रष्टाचारहरु अन्त्य गरिनुपर्छ ।, देशको सुचना बेचेर अब्बलताका नाममा सामुदायिक एवम् निजि विद्यालयहरुले अनुदान भन्दै विदेशी दुतावासबाट ल्याई भ्रष्टाचार गरि आम्दानिको लैनो भैसी बनाउने कार्यलाई निस्तेज पार्नु पर्छ त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।, राष्ट्रलाई माया गरि निस्वार्थ जीवन सुम्पिने सम्पूर्ण बौद्धिक शिक्षकहरुलाई क्षमता अभिवृद्धि गरि उहाँहरुले सेवाभावका साथ शैक्षिक वातावरण सिर्जना गरि प्रयाप्त संरचनाहरु निर्माण गरि हामीलाई अध्यापन गराईनु पर्छ ।, शिक्षकहरुद्वारा विद्यार्थी माथि गरिने सबै खाले विभेद, अत्याचार र शोषणहरुको अन्त्य गर्नुपर्छ ।, शिक्षालयमा हुने मानसिक एवम् भौतिक यातनाका शिविरहरुलाई निर्मुल पार्नुपर्छ ।, छात्रा विद्यार्थी साथीहरु माथि गरिने हिंसा एवम् यौन शोषण र बलत्कारिहरुलाई तुरुन्तै कारबाही गरि निष्कासन एवम् दण्डित गर्नुपर्छ ।, स्टेसनरी नाममा शैक्षिक पाठ्यक्रमहरुको व्यापार पूर्ण रुपले बन्द गरि पाठ्यक्रमहरु सरकारि तबरबाट निर्माण गरि सम्पूर्ण विषयहरुको पाठ्यक्रम निशुल्क रुपमा उपलब्ध गराईनु पर्छ ।, विश्वविद्यालय र क्याम्पसहरुका नाममा भएका शैक्षिक अराजकता र शैक्षिक व्यापारहरु तुरुन्तै बन्द गरिनुपर्छ ।, निशुल्क रुपमा उपलब्ध गराउदै आईएको शैक्षिक पाठ्यक्रम, सेनेटरि प्याड, दिवा खाजाहरुमा गरिने भ्रष्टाचार एवम् मुनाफामुलक व्यापारहरु तुरुन्तै बन्द गरिनुपर्छ ।, प्राविधिक शिक्षाका नाममा गरिने सम्पूर्ण भ्रष्टाचार, शैक्षिक व्यापार, अराजकता र व्यथितिहरु तुरुन्तै बन्द गरिनुपर्छ ।, सरकारले माध्यमिक तह सम्म अनिवार्य निशुल्क शिक्षा भनेको छ तर यहाँ यति सम्म कि सामुदायिक एवम् निजि स्कुलहरुले प्रवेश परिक्षा फारमका नाममा समेत शुल्क असुलेर लाखौं शैक्षिक व्यापार गरिरहेका छन् यस कार्यलाई तुरुन्तै बन्द गरि पुर्ण रुपमा संविधान प्रद्धत हाम्रो निशुल्क रुपमा पढ्न पाउने शैक्षिक अधिकारहरुलाई लागु एवम् कार्यवन्यन गर्नुपर्ने लगायतका मागहरू राखेको छ यस्तै अाजै बुटवल उपमहानगरपालिका सहित सामुदायिक विद्यालयहरु नवीन मावि र कान्ति माविमा पनि ज्ञापनपत्र बुझाएको छ । संगठनले “हाम्रा मागहरू बेवास्ता गरे संघर्ष गर्न समेत बाध्य हुने” बताएको छ । उक्त संगठनले बुझाएको मागपत्र जस्ताको त्यस्तै :
“श्री प्राचार्य ज्यु

कालिका मानवज्ञान मावि, रुपन्देही
बिषय : ज्ञापन पत्र
गौरवपूर्ण इतिहास बोकेको हाम्रो विद्यार्थी संगठन अविचलित रुपमा अनवरत संघर्षमा रहेको क्रा सर्वविदितै छ । यसै सन्दर्भमा तपसिल अनुसारका मागहरुको स्मरण गराउदै पुरा गर्न ध्यानाकर्षण गर्दछौं। अन्यथा चरणबद्ध संघर्ष गर्न बाध्य हुनेछौं ।
१) हामीलाई राज्यले सिपमुलक, आयमुलक, प्राविधिक र वैज्ञानिक हाम्रै देश बनाउने, हाम्रो राष्ट्रिय गौरवपूर्ण नेपाली इंतिहासको जगको संरक्षण गर्दै राष्ट्रिय भावनाले ओतपोत हरेक क्षेत्रमा अब्बल हुने, प्रतिरक्षात्मक र मनोवैज्ञानिक क्षमताको शिक्षा निशुल्क रुपमा विश्वविद्यालय सम्म दिईनु पर्छ ।
२) हामीले पढेर मात्रै होईन् यहीं देशमा आमाले पकाएको खाना खाएर स्वाभिमानका साथ देश निर्माण गर्ने महान अभियानमा सरिक हुन पाउनुपर्छ ।
३) राज्यले निजीकरण र सामुदायिक नाममा गरिएको शैक्षिक व्यापार तुरुन्तै बन्द गर्नुपर्छ ।
४) मेडिकल शिक्षालय देखि विश्वविद्यालय सम्म हुने शैक्षिक व्यापारको अन्त्य गर्नुपर्छ ।
५) सामुदायिक कलेजमा नाममा गरिने भ्रष्टाचारहरु अन्त्य गरिनुपर्छ ।
६) देशको सुचना बेचेर अब्बलताका नाममा सामुदायिक एवम् निजि विद्यालयहरुले अनुदान भन्दै विदेशी दुतावासबाट ल्याई भ्रष्टाचार गरि आम्दानिको लैनो भैसी बनाउने कार्यलाई निस्तेज पार्नु पर्छ त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।
७) राष्ट्रलाई माया गरि निस्वार्थ जीवन सुम्पिने सम्पूर्ण बौद्धिक शिक्षकहरुलाई क्षमता अभिवृद्धि गरि उहाँहरुले सेवाभावका साथ शैक्षिक वातावरण सिर्जना गरि प्रयाप्त संरचनाहरु निर्माण गरि हामीलाई अध्यापन गराईनु पर्छ ।
८) शिक्षकहरुद्वारा विद्यार्थी माथि गरिने सबै खाले विभेद, अत्याचार र शोषणहरुको अन्त्य गर्नुपर्छ ।
९) शिक्षालयमा हुने मानसिक एवम् भौतिक यातनाका शिविरहरुलाई निर्मुल पार्नुपर्छ ।
१०) छात्रा विद्यार्थी साथीहरु माथि गरिने हिंसा एवम् यौन शोषण र बलत्कारिहरुलाई तुरुन्तै कारबाही गरि निष्कासन एवम् दण्डित गर्नुपर्छ ।
११) निजी विद्यालयलाई बढवा दिने बुटवल उपमहानगरपालिकाले मनोवैज्ञानिकका आधारमा स्वेच्छिक रुपमा विद्यालय स्थान्तरण गर्न पाउने अधिकारलाई अंकुश लगाईएकोले उक्त कार्य तुरुन्तै खारेज गर्नुपर्छ ।
१२) निजि विद्यालयहरुले शिक्षालयका नाममा शैक्षिक व्यापार त गरे गरे अब शैक्षिक सामग्रीहरुको व्यापार गर्दै ब्रमलुट मच्चाउन निजि शैक्षिक व्यापारीक टावरहरु स्थापना गरेका छन् यस्तो कार्य तुरुन्तै बन्द गरिनुपर्छ ।
१३) स्टेसनरी नाममा शैक्षिक पाठ्यक्रमहरुको व्यापार पूर्ण रुपले बन्द गरि पाठ्यक्रमहरु सरकारि तबरबाट निर्माण गरि सम्पूर्ण विषयहरुको पाठ्यक्रम निशुल्क रुपमा उपलब्ध गराईनु पर्छ ।
१४) विश्वविद्यालय र क्याम्पसहरुका नाममा भएका शैक्षिक अराजकता र शैक्षिक व्यापारहरु तुरुन्तै बन्द गरिनुपर्छ ।
१५) निशुल्क रुपमा उपलब्ध गराउदै आईएको शैक्षिक पाठ्यक्रम, सेनेटरि प्याड, दिवा खाजाहरुमा गरिने भ्रष्टाचार एवम् मुनाफामुलक व्यापारहरु तुरुन्तै बन्द गरिनुपर्छ ।
१६) प्राविधिक शिक्षाका नाममा गरिने सम्पूर्ण भ्रष्टाचार, शैक्षिक व्यापार, अराजकता र व्यथितिहरु तुरुन्तै बन्द गरिनुपर्छ ।
१७) सरकारले माध्यमिक तह सम्म अनिवार्य निशुल्क शिक्षा भनेको छ तर यहाँ यति सम्म कि सामुदायिक एवम् निजि स्कुलहरुले प्रवेश परिक्षा फारमका नाममा समेत शुल्क असुलेर लाखौं शैक्षिक व्यापार गरिरहेका छन् यस कार्यलाई तुरुन्तै बन्द गरि पुर्ण रुपमा संविधान प्रद्धत हाम्रो निशुल्क रुपमा पढ्न पाउने शैक्षिक अधिकारहरुलाई लागु एवम् कार्यवन्यन गर्नुपर्छ ।
१८) शैक्षिक व्यापार मच्चाएर, शिक्षाका नाममा हाम्रा अभिभावक र हामी विद्यार्थीहरुलाई लुटपाट गरेर आफु र आफ्ना श्रीमती र छोराछोरि नाममा क्यानडा, अस्ट्रेलिया, युके, हङकङ र अमेरिकाको पिआर लिई घरवार जमाउने शैक्षिक व्यापारीक टावरहरुको लाईसेन्स खारेज गरि तुरुन्तै बन्द गरिनुपर्छ ।
आदित्य थापा
संयोजक