९ कार्तिक २०८१, शुक्रबार

कृते उपभोक्ता समितिलाई गाउँपाँलिकाकाे सिफारिस, मन्त्री देखि वडा अध्यक्ष सम्म साँचि

कैलाली : मुक्ति गैरे/ कृते बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीकाे सिफारिसका लागि जाेशिपुर गाउँपालिकाले कृते नामहरु उल्लेख गर्दागर्दै पनि जलस्रोत तथा सिंचाई विकास डिभिजन कैलालीलाई सिफारिस गरि दिएको रहस्य खुलेको छ ।

मिति २०८० माघ २१ गते जाेशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चाैधरिले पठाएको उक्त सिफारिसका लागि दिएको निवेदन पत्रका अधारमा उक्त समिति मै नबसेकाे र भेला मै सहभागी नभएकाहरुकाे नाम हालि कृते उपभोक्ता समिति श्री बाणी कूलो जल उपभोक्ता संस्था थापापुर र जोशीपुर, कैलालीले पठाएको निवेदनकाे सिफारिस गरेका छन् ।

“उक्त पत्रमा उल्लेख भएका नामहरु हतार हतारमा लेख्न लाग्दा फरक परेको हाे पछि सच्याँएका हाैं” एक कृते कार्यमा संलग्न सदस्यले नाम नबताउने सर्तमा बताए । उनलेे भने यसको साँचि माननीय देखि मन्त्री वडा अध्यक्ष सबै साँचि बस्नु भएको छ । हामीले साेच्याैं मन्त्री जस्तो मान्छे बसेकाे ठाउँमा यस्तो विवाद नहाेला राम्रै काम हाेला भन्ने बुझ्याैं अहिले आएर एकपछि अर्को रहस्य र विवादहरु बाहिर आईरहेकाे छ ।

उक्त कृते उपभोक्ता समितिका लागि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री कैलाश चाैधरि, जलस्रोत सिचाइ डिभिजन कार्यलय प्रतिनिधि कृष्ण कठायत, कैलाली निर्वाचन क्षेत्र नम्बर १ क का साँसद कृष्णबहादुर चाैधरि, भजनि नपा वडा नम्बर ६ का वडा अध्यक्ष राम सागर चाैधरि, भजनि नपा वडा नम्बर ८ का वडा अध्यक्ष पंकज चाैधरि, भजनि नपा वडा नम्बर ६ का वडा अध्यक्ष राम सागर चाैधरि, जाेशिपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम चन्द्र चाैधरि, जाेशिपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम जनम चाैधरि साँचि बसेका छन् । उक्त कृते उपभोक्ता समितिमा साँचि बसेर सिफारिस गरेर नितिगत भ्रष्टाचार गर्नका निम्ति आ व २०८०/८१ मा परेको ३१ लाख ८४ हजार ९ सय ५८ रुपैयाँ १३ पैसाकाे बजेट यस्तो कृते गर्दागर्दै पनि निकासा गर्न लागिएको भन्दै व्यापक जनगुनासाे हुन थालेको छ ।

कृते गरि पठाईएकाे सिफारिस-