३१ भाद्र २०८१, सोमबार

सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

सुर्खेत : कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र पर्ने  कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् भने दुई जनाकाे घटनास्थलमै मृत्यु भयकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । उक्त दुर्घटनामा परी मृत्युु हुनेमा दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० वर्षीय शेरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हाे। हाल मृतक दुवै जनाकाे सव प्रदेश अस्पताल कालागाउमा राखियकाे छ,भने घाईतेहरुकाे विभिन्न अस्पताल हरुमा उपचार भइरहेकाे बताएको छ ।

दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनिबस एक्कासि ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो ।

घाईते हुनेहरुमा -:जगत थापा (दैलेख, दुल्लु–१३) कमला सुनार (दैलेख, दुल्लु–१३)मोहन थापा (दैलेख, डुङ्गेश्वर–७)माया खत्री (दैलेख, दुल्लु– ११)प्रदीप थापा (दैलेख, दुल्लु– १०)दुर्गा शाही (दैलेख, दुल्लु– ११)रेजिना कार्की (दैलेख, दुल्लु ११)थिरबहादुर थापा (दैलेख, दुल्लु– ११) निर्मला खड्का (दैलेख, दुल्लु–१०)साहिमल खड्का (दैलेख, दुल्लु–१०) पदम राना ( दैलेख, डुङगेश्वर–३) खजुरा खड्का (बर्दिया, ठाकुरबाबा–३ )खगेन्द्र थापा (दैलेख, ड्ङ्गेश्वर–३ )खगेन्द्र थापा (दैलेख, ड्ङ्गेश्वर–३)लोकेन्द्र रोकामगर (दैलेख, ड्ङ्गेश्वर–३)नवीन राना (दैलेख, ड्ङ्गेश्वर–३)तुलसी कार्की (दैलेख)खगेन्द्र राना (दैलेख–डुङ्गेश्वर–६)प्रेम खड्का (दैलेख)बलबहादुर खत्रि(दैलेख)निशान्त खत्री (दैलेख)