११ पुष २०८१, बिहीबार

वैद्यकाे एकतालाई अस्वीकार गर्दै भारतमा पनि फुट, ४१ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन

काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल समर्थित अन्तर्राष्ट्रिय विभाग अन्तर्गत भारतमा रहेको प्रवासी संगठनले एकता अस्वीकार गरेको छ ।अखिल भारत प्रवासी नेपाली एकता समाज फुटेर भक्त पुनकाे संयाेजकत्वमा ४१ सदस्यीय नेपाली एकता समाज भारत केन्द्रीय समिति पुनर्गठन गरेको छ ।बुधबार मई १ का दिन नेपालमा शन्त बहादुर नेपाली नेतृत्वको पार्टी नेकपा मशाल संग पार्टी एकता चलिरहेकै वेला उता भारतमा नेपाली एकता समाज भारत केन्द्रीय समितिको भेला तथा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भयकाे थियाे ।

केन्द्रीय उपाध्यक्ष शाेभाकर अधिकारीको अधक्ष्यतामा सम्पन्न  उक्त केन्द्रीय भेला सम्पन्न भएको पुनर्गठित संगठनका महासचिव सुरज कुमारले जानकारी दिय। उक्त संगठनका केन्द्रीय नेताले भन्ने “वैद्यले एकताकाे नाममा क्रान्तिकारी आन्दोलन भुत्ते बनाउन लागेका हामीले निरन्तर क्रान्तिका लागि साथ दिन यस्तो निर्णय लिनु परेको छ”

विज्ञप्तिकाे पुर्ण पाठ यस्ताे छ :

“आज दिनाक १ मई २०२४ का दिन नेपाली एकता समाज भारत केन्द्रीय समितिको भेला तथा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस केन्द्रीय उपाध्यक्ष सोभाकर अधिकारीको अधक्ष्यतामा सम्पन्न भयो । भेलाले भक्त पुनको संयाेजकत्वमा ४१ सदस्य केन्द्रीय संगठन समिति पुनर्गठन गरेको छ ।

जसमा १) संयोजक – भक्त पुन, २) महासचिव – सूरज कुमार, ३) सहसंयोजक- बीर बहादुर गौतम ४) सहसंयोजक – ओम खाम्चा, ५) सहसंयोजक – भेग राज, ६) सचिव – प्रताप थापा, ७) सहसचिव – कमला गौतम, ८) काेषाध्यक्ष – के बी सिंह ९) कार्यालय सदस्य – सोभाकर अधिकारी, १०) रामु सुमा, ११) हेमराज ढु‌ङ्गाना, १२) केश बहादुर थापा, १३) विजय थापा, १४) नर बहादुर गौतम, १५) विष्नु सारू, १६) केन्द्रीय सदस्यमा उमेश कुमार, १७) भानु सुनार, १८) उदय घर्ति मगर, १९) टूक बहादुर, २०) भूपाल तरामू, २१) धन बहादुर पुलामी, २२) रामु दर्लामी, २३) खड़क सिंह बडुवाल, २४) करन रोकाय, २५) मानु थापा, २६) बेलमाया थापा, २७) दीप माला, २८) भूमा कडेल, २९) कबिराज पून, ३०) राजू, ३१) सावित्रा पून, ३२) सुनीता अधिकारी, ३३) राजकुमारी, ३४) बोम लाल कडेल, ३५) कृष्णा थापा, ३६) बलबहादुर राना, ३७) पीतम बहादुर क्षेत्री, ३८) श्रीमान सारू मगर, ३९) गोपाल सिंह रहनु भयको छ र दुइ स्थान रिक्त राखिएको छ ।”