७ मंसिर २०८१, शुक्रबार

शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

काठमाडौं :शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।

बिहिवार खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले पहिलो चरणमा कोशी, मधेस र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाख ९ र भदौ ९ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको नतिजा अनुसार कोशी प्रदेशमा खुला र आरक्षण गरेर २३ जनाको लागि विज्ञापन गरिएको थियो । जसमा ३५ जना पास भएका छन् ।

त्यस्तै मधेस प्रदेशमा १५ सिटका लागि विज्ञापन आह्वान गरिएको थियो । जसमा २६ जनाको नाम निकालिएको छ ।

बागमती प्रदेशमा २५ सिटका लागि विज्ञापन गरिएकोमा २१ जनाको नाम सार्वजनिक गरिएको छ ।अन्तर्वार्ताको लागि छनौटमा परेकाहरूको परीक्षा पुस २२ गतेका लागि तोकिएको छ ।