२ कार्तिक २०८१, शुक्रबार

अबको बिकल्प ‘सङ्घीय जनगणतन्त्र नेपाल” हाे : माेहन वैद्य “किरण”

काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य”किरण”ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई उल्लेख गर्दै ,एक प्रेस वक्तव्य जारी गरी भनेका छन अवकाे बिकल्प संघिय जनगणतन्त्र नेपाल हाे । किरणले भनेका छन : यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको छ ।देशमा यो स्थिति पैदा हुनुका पछाडिको कारण दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गिकार गरेको नवउदारवादी आर्थिक प्रणाली हो । यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्तनबाट समेत संभव छैन । यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरुको असफलताले प्रमाणित गरेको छ ।” जनता यसको विकल्पको खोजीमा छन् । जनताको परिवर्तनको चाहनालाई दूरुपयोग गर्दै पश्चगामी शक्तिहरु जनताले आन्दोलनबाट प्राप्त गरेका सङ्घीयता तथा धर्मनिरपेक्षता जस्ता सिमित अधिकारहरु समेतका विरुद्ध राजा आऊ देश बचाऊ भन्ने नाराहरु लगाएर जनतालाई दिग्भ्रमित गर्ने र देशलाई पछाडि फर्काउन कसरत गरिरहेका छन् ।

यो स्थितिमा पश्चगामीका मीठा आश्वासन र यथास्थितिवादीहरुका भ्रमबाट मुक्तभई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी क्रान्तिकारी तथा वामपन्थी शक्ति तथा व्यक्तित्वहरुलाई हार्दिक अपील समेत गरेका छन ।

                                        “प्रेस वक्तव्य”