प्रारम्भ :बैज्ञानिक , व्यवहारिक र व्यावसायिक शिक्षा प्राप्तिका लागि नयाँ आन्दोलन, छिमेकी देशहरू आज संसदीय अभ्यासमा भएपनि शैक्षिक क्षेत्रमा हेर्नेहाे भने केही उचाइ लिएकाे देखिन्छ ,यता हाम्रो देश नेपालमा S.E.E र +2 अध्यापन गरेका धेरै बिद्यार्थीहरुकाे अवस्था हेर्नेहाे भने साधारण निवेदन लेख्न नसक्ने अवस्थामा देखिन्छ ।याे दुखद कुरा हाे ,मैले याे विषयमा उल्लेख गर्दा बिद्यार्थी भाइ बहिनिहरुकाे आलोचना गर्नमात्र खाेजेकाे हाेईन अलि मिहेनती र लगनशीलता हुनुपर्छ भनेकाे हाे ।
विगत फर्केर हेर्दा पनि सन १९६०काे दशकमा बहुउद्देश्यीय विद्यालयहरु स्थापना भई विद्यालयहरूमा व्यावसायिक शिक्षाको थालनी भएपनि लामो समयसम्म प्रभावकारी तवरबाट सञ्चालनमा आउन नसकेको इतिहास छ ।
२०२८सालमा नयाँ शिक्षा प्रणाली सुरु भई माध्यमिक विद्यालयहरुमा अनिवार्य कम्तीमा एउटा विषय व्यावसायिक शिक्षा अध्यापन गर्ने गराउने भनियो तर परिनाम मुखि हुन सकेन ।२०४५ सालमा सरकारकाे स्वामित्वमा रहने गरि राष्ट्रिय स्तरमा व्यावसायिक तालिमको स्थापना भयाे राज्यको पहुँचबाट वञ्चित वर्गहरुलाई मध्यनजर राखि प्राविधिक शिक्षा र सीपमूलक तालिमबाट मात्र आर्थिक तथा सामाजिक उन्नतिमा टेवा पुर्याउने उदेश्यले २०५० सालमा निजी स्तरमा पनि प्राविधिक शिक्षा तथा सीपमूलक तालिम सञ्चालनका लागि सम्बन्धन दिने कार्य थालनी भऐकाे देखिन्छ । २०५० सालदेखि हालसम्म शिक्षामा थुप्रै निति निर्माण भएका छन तर यि सबै शैक्षिक माफिया माेटाउने काम भएकाे छ भने एकाद व्यक्तिले सेवा सुबिधा तथा अवसर प्राप्त भएपनि सिङ्गो किसान तथा मजदुरका छाेरा-छाेरीहरु भने पुर्खेउलि जमिन बेचेर पढ्ने र अन्ततः राेजगार नपाएर सडकमा झरेको र ठुलाे युवा जनशक्ति खाडी मुलुकमा जाने अवस्था अत्यन्तै बढेको छ,
यसकाे मुख्य हतियार भनेकाे दलाल संसदीय प्रणाली हाे ।
१. ब्यवहारिक शिक्षा …..
नेपालको शिक्षा आधारभूतदेखि उच्चसम्म आम जनताका लागि फलदायक हुनुपर्दछ । शिक्षाले उचित दिशा लिन नसक्नु दुःखको कुरा हो, शिक्षाले उचित दिशा नलिई देशले उचित दिशा लिन सक्दैन । विगतदेखि हालसम्मकोे अवधिलाई हेर्दा नेपाल र नेपाली जनताको मूल इच्छा र आवश्यकताभन्दा राजनीतिक परिवेशमै अल्मलिएको देखिन्छ । नेपालको शिक्षा आधारभूतदेखि उच्चसम्म नै देशसुहाउँदो छ भन्न सकिँदैन । यसको असरले लाखौँ शिक्षित ब्यक्तिहरु बेरोजगारका कारण खाँडी मुलुकमा रोजगारको लागि जान बाध्य भएका छन् भने आफ्नो देशका गाउँघरका कृषियोग्य जमिन सबै बाँझो छ । त्यसैले अबकाे शिक्षा माटाे सुहाउँदो , हावापानी सुहाउँदो , मावि तहदेखि अनिवार्य श्रममा जाेडिएकाे हुनुपर्दछ।
२.व्यावसायिक शिक्षा…..:
व्यावसायिक शिक्षाले देशमा उपलब्ध संसाधन विवेकपूर्ण ढङ्गले उपयोगमा ल्याउने योग्यता पनि प्रदान गर्दछ । यदि हाम्रो उत्पादन क्षमतामा वृद्धि हुन्छ, प्राकृतिक साधनहरूको उचित व्यवस्थापन र हाम्रो दैनिकीमा उपयोग हुने वस्तुहरूको उत्पादन स्वयं गर्नमा सक्षम हुन्छ भने यसबाट राष्ट्रिय मुद्राको बचत हुन्छ र देश आर्थिकरूपले समृद्ध हुन्छ । वास्तवमा व्यावसायिक शिक्षाले मानिसलाई जीवनको हरेक क्षेत्रमा विकसित हुने अवसर प्रदान गर्दछ भने मावि तहदेखि अनिवार्य रुपमा उद्याेग र उत्पादनसंग जाेडिएकाे शिक्षा हुन आवश्यक छ।
अत: १ र २ नम्बर बाहेक माथि उल्लेख भएका संकटबाट मुक्त हुने हाे भने अब एकपटक क्रान्तिकारी विद्यार्थी संगठनहरु र संसदीय व्यवस्था भित्र रहेका पार्टी निकट विद्यार्थी संगठनहरुले संसदीय पार्टीको आदेशलाई टाढा राखेर शिक्षा रुपान्तरणकाे लागि जनप्रतिनिधि र कर्मचारीहरुकाे लगानीमा चलिरहेका बाेडिङ्गहरु राष्ट्रियकरण गराउने विषयमा जाेड दिदै ,भ्रष्टाचार गरेकाे बिषय पुष्टि भएका पात्राहरुलाई जनकारबाहीकाे माध्यमबाट अगाडि बढ्दै गाउँदेखि सहर सम्मका चाेक र सडकहरुमा झरेर मशाल बालेर अगाडि बढियाे भने मात्र आम रुपमा रुपान्तरण हुने देखिन्छ।
लेखक सिहं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटका संयाेजक हुन ।