२ कार्तिक २०८१, शुक्रबार

प्रशासन काे आँडमा दादागिरी गर्ने कलेजलाई अखिल क्रान्तिकारी काे चेतावनी

काठमाडौं ।अखिल(क्रान्तिकारी) ले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ KMC को प्रशासन गुण्डामा परिणत भयाे,कार्वाहीको निसाना बनाउछाैं उसले गरेको विद्यार्थीहरु माथी हुने कुनै पनि किसिमको हिंसा,शोषण र लुट हामीलाई कदापि स्विकार्य छैन । साथै विद्यालय जस्तो ज्ञानको ज्योति फैलाउने स्थानमा जातिय,भेगीय लिंगिय हिसाबले गरिने विभेद र हिंसा त हामी कल्पना पनि गर्न सक्दैनौं । अखिल(क्रान्तिकारी) ३ नं. संगठन समितिका संयाेजक उषाकिरण आजादद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, बागबजारमा रहेको KMC मा विद्यार्थीलाई लुटीरहेको काठमाडौं मोडेल माध्यामिक विद्यालयमा १२ क्लासमा विज्ञान विषय अध्ययन गरिरहेका अविनास यादवलाई वाडेन, कोअर्डिनेटरले जिस्क्याउने, हेप्ने गर्दै आएकोमा यहि श्रावण ११ गते कलेजको होस्टेलका वाडेन र कोअर्डिनेटरले नै योजनाबद्ध निर्घात कुटपिट गर्न लगाएको विषय निकै गम्भिर छ । घटनाको छानविन गर्न आवाज उठाउदा उल्टै प्रहरी प्रशासन लगाएर दमन गरिएको विषय गम्भिर मात्रै छैन शैक्षिक आतङ्क सँग संबन्धित पनि छ ।

विगतमा पनि एक मधेसी विद्यार्थीको रहस्यमय तरिकाले हत्या गरेको काठमाडौं मोडेल माद्यमिक विद्यालयले शिक्षा क्षेत्रमा आतङ्क मच्चाएको छ । शक्तिको आडमा मातिएको KMC को प्रहरी प्रशासन पनि मतियार मात्रै बनेको छैन KMC को निजि गुण्डामा परिणत भएको छ,जसकाे दादागिरीलाई हाम्रो सङ्गठन विद्यार्थीमाथि कलेजबाटै गरिएको हिंसा र शैक्षिक आतङ्क बन्द गर्न काठमाडौं मोडेल माध्यमिक विद्यालयलाई चेतावनी दिदै अन्यथा क्रान्तिकारी विद्यार्थीहरूको कार्वाहीको निसाना बन्ने र त्यसको मुल्य चुकाउनका लागी सो विद्यालय प्रशासनलाई तयार रहन पनि चेतावनी दिन चाहन्छौं ।”

विज्ञप्ति भनियकाे छ :

“नेपाली विद्यार्थीहरूको अग्रदस्ता हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) विद्यार्थीहरूको अधिकार र हकका निमित्त अनवरत रूपमा संघर्ष गर्दै आइरहेको छ । विद्यार्थी माथी हुने कुनै पनि किसिमको हिंसा,शोषण र लुट हामीलाई कदापि स्विकार्य छैन् । साथै विद्यालय जस्तो ज्ञानको ज्योति फैलाउने स्थानमा जातिय,भेगीय लिंगिय हिसाबले गरिने विभेद र हिंसा त हामी कल्पना पनि गर्न सक्दैनौं । तर पनि बेला बेलामा यस्ता गतिविधि भने रोकिएका छैनन् ।

त्यसको पछिल्लो उदाहरण बनेको छ बागबजारमा रहेको KMC । विद्यार्थीलाई लुटीरहेको काठमाडौं मोडेल माध्यामिक विद्यालयमा १२ कक्षामा विज्ञान विषय अध्ययन गरिरहेका अविनास यादवलाई वाडेन,कोअर्डिनेटरले जिस्क्याउने,हेप्ने गर्दै आएकोमा यहि श्रावण ११ गते कलेजको होस्टेलका वाडेन र कोअर्डिनेटरले नै योजनाबद्ध निर्घात कुटपिट गर्न लगाएको विषय निकै गम्भिर छ । भने घटनाको छानविन गर्न आवाज उठाउदा उल्टै प्रहरी प्रशासन लगाएर दमन गरिएको विषय गम्भिर मात्रै छैन्, शैक्षिक आतङ्कसँग संबन्धित पनि छ । विगतमा पनि एक मधेसी विद्यार्थीको रहस्यमय तरिकाले हत्या गरेको काठमाडौं मोडेल माद्यमिक विद्यालयले शिक्षा क्षेत्रमा आतङ्क मच्चाएको छ । शक्तिको आडमा मताएको KMC को प्रहरी प्रशासन पनि मतियार मात्रै बनेको छैन KMC को निजि गुण्डामा परिणत भएको छ जसको हाम्रो सङ्गठन घोर निन्दा एवम् भ्रत्सना गर्दछ ।

विद्यार्थीमाथि कलेजबाटै गरिएको हिंसा र शैक्षिक आतङ्क बन्द गर्न काठमाडौं मोडेल माध्यमिक विद्यालयलाई चेतावनी दिदं अन्यथा क्रान्तिकारी विद्यार्थीहरूको कार्वाहीको निसाना बन्ने र त्यसको मुल्य चुकाउनका लागी सो विद्यालय प्रशासनलाई तयार रहन पनि चेतावनी दिन चाहन्छौं । साथै यो आन्दोलनमा साथ सहयोग गर्न पनि सम्पुर्ण विद्यार्थी एवम् अविभावक वर्गलाई अपिल गर्दछौं ।”